हिम इलेक्ट्रोनिक्स प्रा.लि र डोको रिसाइक्लर्सबीच सम्झौता

हिम इलेक्ट्रोनिक्स प्रा.लि ले डोको रिसाइक्लर्ससँग चैत्र १७ गते एक सम्झौतामा हस्ताक्षर गरेको छ ।

आफ्ना पुराना इलेक्ट्रोनिक्स उत्पादनहरूको ई–फोहोर व्यवस्थापनको लागि सहकार्य गर्न हिम इलेक्ट्रोनिक्सले डोको रिसाइक्लर्ससँग सम्झौता गरेको हो । सम्झौतामा गोल्छा ग्रुपका भाइस प्रेसिडेन्ट प्रभाकर एस थापा र डोको रिसाइक्लर्सका तर्फबाट नितेश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यी दुवै कम्पनीहरु स्मार्ट सस्टेनिबिलिटीमा विश्वास गर्छन् र यो सम्झौतासँगै यिनीहरुको काम वातावरणमैत्री व्यापारिक अभ्यासतर्फ एक कदम अगाडि बढेको छ ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

काठमाडौं । अन्ततः सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको छ …

प्रतिकृया दिनुहॊस