प्रदिप नेपाल

नेपाली काङ्ग्रेस जीतपुर सिमरा नगर कार्यालयको उद्घाटन

नेपाली कांग्रेस जीतपुरसिमरा नगर कार्यालयको उद्घाटन भएको छ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ७ स्थित जीतपुरबजार केराढोका नजिक पार्टीको सम्पर्क कार्यालय नेपाली कांग्रेसका जिल्ला सभापति राजेश राय यादवले उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटनपछिको मन्तव्यमा सभापति यादवले आफू आफूमा द्वन्द्व नगरी आगामी चुनावमा बहुमत ल्याउने हिसावले चुनावी अभियानमा सबै जना लागुपर्ने घारणा व्यक्त गरे। सभापति यादव पार्टीभित्रको आन्तरिक गुनासा छन् भने त्यसलाई घरभित्र सल्टाउन पनि आग्रह गरेका छन् । नगर …

पुरा पढ्नुहॊस »

कलाकार पल शाह पुर्पक्षको लागि थुनामा

नाबालिकामाथि बलात्कार गरेको आरोप लागेका कलाकार पल शाहलाई पुर्पक्षको लागि थुनामा राख्न नवलपुर जिल्ला अदालतले आदेश दिएको छ। नवलपुर जिल्ला अदालतमा शाहसँग मङ्गलबार र बुधबार लिएको थुनछेक बहसपछि उक्त अदातलतले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो। न्यायाधीश अर्जुन अधिकारीको इजलासले मुद्दाको किनारा लगाउने समयसम्मको लागि थुनामै राख्न आदेश दिएपछि कलाकार शाहलाई पुनः बुधबार राति कारागारमा ल्याई राखिएको तनहुँ कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए । कावासोतीस्थित नवलपुर जिल्ला …

पुरा पढ्नुहॊस »

बेवारिसे सात थान बुलेट मोटरसाइकल बरामद

प्रहरीले बेवारिसे अवस्थामा रहेका सात थान बुलेट मोटरसाइकल बरामद गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रबाट ती मोटरसाइकल बरामद गरेको हो। बरामद गरिएका मोटरसाइकल आज भन्सार कार्यालयको जिम्मा लगाइएको छ। महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार भारतीय नाकाबाट भन्सार छली चोरीपैठारी गरेर मोटरसाइकल भित्र्याइएको हो। सुप प्र ०१–००९ प २०५०, से७प ८४८९, प्र०१–०४९ प ३३२६, बा४९प ९३२२, बा प्र ०२–०२३–२४७४, सुप प्र ०१–००९प ५१६६ र …

पुरा पढ्नुहॊस »

अपाङ्गता भएका व्यक्तिलाई एनआईसी एशिया क्यापिटलमा निःशुल्क डिम्याट र मेरो शेयर खाता

एनआईसी एशिया क्यापिटलले शारीरिक तथा मानसिक कमि कमजोरी भई अपाङ्गता भएका ‘क’ तथा ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्करुपमा डिम्याट तथा मेरो शेयर खाता खोलिदिने व्यबस्था मिलाएको छ । धितोपत्र बजार प्रवेशमा प्रोत्साहन गराउने प्रमुख उद्देश्यका साथ एनआईसी एशिया क्यापिटल लिमिटेड तथा एनआईसी एशिया बैंक लिमिटेडको सम्पूर्ण शाखा कार्यालयहरुबाट निःशुल्करुपमा डिम्याट तथा मेरो शेयर खाता खोलिदिने व्यबस्था मिलाइएको हो । साथै अनलाइन मार्फत डिम्याट तथा मेरो शेयर खाता खोल्नको लागि …

पुरा पढ्नुहॊस »

काेराेना अपडेटः सात जनामा सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ६६८ को परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ५४५ पुगेको छ। एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ४० हजार १४७ रहेको छ। पछिल्लो समय थप २५ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै …

पुरा पढ्नुहॊस »

कुलमान घिसिङ, ‘कुनै पनि उद्योगमा लोडसेडिङ छैन’

नेपाल विद्युत प्राधिकरणले अहिले कुनै पनि उद्योगमा लोडसेडिङ नरहेको दाबी गरेको छ। बुधबार उर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले कुनै पनि उद्योगमा लोडसेडिङको समस्या नरहेको प्रष्ट पारे। केही दिनअघि विद्युतकाे व्यवस्थापनमा असहज अवस्था आउँदा एक/दुई दिन थोरै समय लाइन काटिने अवस्था आएको भए पनि अहिले उक्त समस्या समाधान भइसकेको उनको भनाइ छ । ‘अहिले कुनै उद्योगलाई लोडसेडिङ छैन,अपर्झट आएको समस्या हो, त्यो एक/दुई दिनमा समाधान …

पुरा पढ्नुहॊस »

लगानीकर्ता जनचेतनामुलक कार्यक्रममा एनआइबिएल एस क्यापिटलको सहभागिता

शेयर बजारमा लगानी गरी अवसर खोज्ने इच्छुक युवाहरुको लागि वीरगञ्जमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । सन् २०११ मा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापित भएको एनआइबिएल एस क्यापिटल लिमिटेड उक्त कार्यक्रममा डिपि पार्टनरको रुपमा उपस्थित भई निःशुल्क डीम्याट खाता खोल्ने कार्यक्रम पनि संचालन गरेको थियो । एनआइबिएल एस क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिङ, संस्थागत परामर्श सेवा, लगानी व्यवस्थापन सेवा र निक्षेप सदस्यका अन्य वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेको छ …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा नेपाल बाल संगठनलाई सहयोग

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७ वर्षदेखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडको भाटभटेनी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नक्साल, काठमाडौंमा अवस्थित नेपाल बाल संगठनलाई फिजियोथेरापी उपकरण हस्तान्तरण गरेको छ । बाल शोषण र अन्याय निर्मूल पार्दै बाल अधिकार संरक्षण र संवद्र्वनमा टेवा पुर्याउने उद्देश्यका साथ स्थापित संगठनमा रहदै आएका फरक क्षमताका बालबालिकाको स्वास्थ्य सुधारमा …

पुरा पढ्नुहॊस »

देशमा बाह्य शक्तिको चलखेल बढ्यो : कमल थापा

राप्रपा नेपालका अध्यक्ष तथा पूर्वपरराष्ट्रमन्त्री कमल थापाले देशमा बाह्य शक्तिको चलखेल बढेर गएको बताएका छन्। पार्टीको केन्द्रिय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले बाह्य शक्तिको चलखेल बढेर गएको, अर्थतन्त्र धराशायी भएको, बेरोजगारी समस्या विकराल हुँदै गएको र भ्रष्टाचार डरलाग्दो रुपमा अनियन्त्रित ढंगले बढेको बताएका हुन्। बैठकमा सचिवालयसम्बन्धी प्रतिवेदन महामन्त्री भाष्कर भद्राले प्रस्तुत गरेकी थिइन् भने स्थानीय तह निर्वाचन तयारीबारे महामन्त्री सुशील श्रेष्ठ र स्थानीय तह निर्वाचनसम्बन्धी पार्टीको घोषणा पत्रका विषयमा …

पुरा पढ्नुहॊस »

काेराेना अपडेटः १३ जनामा संक्रमण पुष्टि, ५७ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ हजार ८०७ नमूना परीक्षण गर्दा १३ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो। सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा ५७ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ७६५ जना सक्रिय संक्रमित रहेका छन्। एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ५६ हजार ५२७ रहेको छ ।

पुरा पढ्नुहॊस »