चामल तथा दाल आयातमा कडाइ गर्न व्यवसायीद्वारा सरकारसँग माग

चामल तथा तेल उद्योगीले आयातमा कडाइ गर्न सरकारसँग आग्रह गरेका छन् । नेपाल चामल तेल, दाल उद्योग सङ्घका पदाधिकारीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न माग गरेका हुन् । सङ्घका पदाधिकारीले आज भन्सार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईलाई भेटी आयातमा कडाइ गर्न आग्रह गरेका हुन् ।

सङ्घका अध्यक्ष डा सुवोधकुमार गुप्ताको नेतृत्वमा गएको प्रतिनिधिले स्वदेशी चामल उद्योगलाई बचाउन आयातमा कडाइ गर्नुपर्ने माग राखेका थिए। सङ्घका अध्यक्ष गुप्ताले विदेशी आयातलाई रोक्न भन्सार शुल्क बढाउनुपर्ने माग राखे । उनले भन्सार विभागका महानिर्देशकसँग धान आयातमा एक प्रतिशत र चामल आयातमा १५ प्रतिशत भन्सार शुल्क लागू गर्न आग्रह गरिएको जानकारी दिए।

चामल आयातभन्दा नेपालमा धान उत्पादन कम भएको समयमा धान आयात गर्दा कामदारले कामलाई निरन्तरता दिन पाउने, चामल मिलबाट उत्पादित भुसले अन्य इन्धनको काम गर्ने, करोडौँ लगानीमा सञ्चालित उद्योगले निरन्तरता पाउने सङ्घको बुझाइ छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

इन्टरनेट र डीटीएच टीभीका ग्राहकलाई डिशहोम फाइबरनेटको विशेष ‘स्मार्ट अफर’

काठमाडौं । डिशहोम फाइबरनेटले आफ्नो विशेष ‘स्मार्ट अफर’ सार्वजनिक गरेको छ । ग्राहकको सन्तुष्टि अभिवृद्धि …

प्रतिकृया दिनुहॊस