नौ बुँदे घोषणापत्र सार्वजनिक गर्दै स्वास्थ्य अनुसन्धान परिषद्को सम्मेलन सम्पन्न

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजना तीन दिनसम्म सञ्चालन भएको आठौँ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलनले नौ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ।

काठमाडौँमा सम्पन्न भएको तीन दिने सम्मेलन वैज्ञानिक स्वास्थ्य अनुसन्धान र प्रमाण सङ्कलनको कार्यमार्फत नीति तर्जुमा कार्यलाई सहज बनाउन सङ्घीय संरचनामा क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको छ।

सम्मेलनले स्वास्थ्य क्षेत्रलाई अनुसन्धान, शिक्षण संस्था र उद्योगलगायत निकायसँग समन्वय गर्ने, बायोमेडिकल, एपिडेमिलोजिकल, क्लिनिकल अनुसन्धानका कार्यलाई विभिन्न सरोकारवाला निकायसँग संयोजन गरि प्रमाणमा आधारित नीति र कार्यक्रम तर्जुमा गर्ने, जलवायु परिवर्तनका सम्भावित खतरा, प्राकृतिक विपत्ति र उदीयमान सरुवा रोगको पहिचान र नियन्त्रण योजना बनाउनलाई आवश्यक नवीन प्रविधि प्रयोग गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ।

यस्तै मातृशिशु तथा बाल स्वास्थ्य कार्यक्रमको माध्यमबाट मृत्युदर न्यूनीकरणका लागि बहुपक्षीय प्रयत्नलाई सुदृढ गराउने उल्लेख गरिएको छ। परिषद्ले सम्मेलनमा स्वास्थ्य क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने चिकित्सक र अनुसन्धानकर्तालाई अबार्ड प्रदान गरेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कोशी सरकारको रिट खारेज, हिक्मत कार्कीको पद जोगियो

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्धको रिट खारेज भएको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले …

प्रतिकृया दिनुहॊस