वर्षको अन्तिम दिन सेयर बजारमा हरियाली, ३० दशमलब २४ अङ्कले बढ्याे नेप्से

वर्ष २०७८ काे अन्तिम कारोबार दिन बुधबार नेप्से ३० दशमलब २४ अङ्क बढेर २४१५ दशमलब २५ बिन्दुमा बन्द भएको छ। हप्ताको अन्तिम कारोबार हुनुका साथै २०७८ सालको पनि अन्तिम कारोबारको दिन बुधबार बजार हरियोमा बन्द हुँदा लगानीकर्तामा केही राहत महसुस भएको छ।

यसरी लगातार घटेको बजारदेखि दिक्क भएका लगानीकर्तामा यस वर्षको अन्तिम दिन भने बजारले केही खुसियाली दिएको छ। बुधबारको दिन बजारमा २२९ वटा कम्पनीको सेयर कारोबार हुँदा १८५ वटा हरियो, ३२ वटा रातो र ११ वटा स्थिर छन् ।

कारोबारको रकम भनि मंगलबारको तुलनामा भन्दा पनि कमि आएको छ। बुधबार २२९ वटा कम्पनीको ३३ लाख ९८ वटा कारोबार हुँदा कारोबार रकम भने एक अर्ब ४७ करोड बराबरको भएको छ ।

अत्याधिक बढ्ने मध्ये अदर्श इन्डेक्स २ दशमलव २८ प्रतिशत, माइक्राे इन्डेक्स २ दशमलव १४ प्रतिशत र होटेल इन्डेक्स १ दशमलव ५८ प्रतिशतले बढेको छ। सधैंजसो बुधबार पनि नेष्डो लघुवित्तले भने १० प्रतिशत बढेर २२६२.७ मा अन्तिम कारोबार भएको छ।

यसैगरी अत्याधिक बढ्नेमध्ये आरएम डिशी लघुवित्त ८ दशमलव‍ ९८ प्रतिशतले बढ्दा १०४२, राष्ट्र उत्थान लघुवित्त ७ दशमलव १९ प्रतिशतले बढ्दा १४००, मिथिला लघुवित्त ६ दशमलव ४९ प्रतिशतले बड्दा १५००, स्वावलम्बन लघुवित्त ६ दशमलव ३ प्रतिशतले १२१५ मा र जाल्पा लघुवित्त ६ दशमलव ११ प्रतिशतले बढ्दा अन्तिम कारोबार ५२१ मा भएको छ।

यसैगरी, अत्याधिक घट्नेमध्ये युनाइटेड इद मार्दी हाइड्रो २० अंक घट्दा ९४८ मा नयाँ सारथी लघुवित्त १९ अंक घट्दा ९८० मा र शिवश्री हाइड्रो ४ अंक घट्दा २९६ मा अन्तिम कारोबार भएको छ। अत्याधिक कारोबार हुने मध्ये शिवम् सिमेन्ट आठ करोड ४३ लाख बराबरको र अरुण हाइड्रो पावर पाँच करोड २१ लाख बराबरको भएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

मंगलबार सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजार आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउ घटेको …

प्रतिकृया दिनुहॊस