‘तोकिएको मितिमै निर्वाचन हुन्छ’ : प्रमुख आयुक्त थपलिया

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले घोषित मितिमा स्थानीय पालिकाको निर्वाचन हुने बताएका छन्।

निर्वाचन आयोग, प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घद्वारा संयुक्तरूपमा आयोजित प्रदेश नं १ स्तरीय मिडिया अभिमुखीकरण कार्यक्रममा उनले निर्वाचनको रकेट प्रक्षेपण भइसकेकाले आगामी वैशाख ३० गते स्वच्छ, निष्पक्ष, विश्वासिलो एवं भयरहित वातावरणमा सम्पन्न हुने प्रष्ट पारे ।

उनले सङ्घीयता र लोकतन्त्र मजबुत बनाउने मुख्य कार्य आवधिक निर्वाचन भएको चर्चा गर्दै निर्वाचन नभए लोकतन्त्र हार्ने विचार राखे। प्रमुख आयुक्त थपलियाले आयोगले निर्वाचनका समयमा मिथ्या सूचना, दुष्प्रचार र घृणास्पत अभिव्यक्ति निष्तेज गर्न आवश्यक अनुगमनको संयन्त्र निर्माण गरी नियन्त्रण गर्ने दृढता व्यक्त गर्दै यस्ता कार्यबाट मुलुकमा इमानदारी र निष्ठाको राजनीति पराजित हुने धारणा राखे ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कोशी सरकारको रिट खारेज, हिक्मत कार्कीको पद जोगियो

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्धको रिट खारेज भएको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले …

प्रतिकृया दिनुहॊस