प्रदिप नेपाल

मधेशको मुद्दा सम्बोधन गर्न एमाले तयार छ : अध्यक्ष ओली

नेकपा(एमाले)का अध्यक्ष केपी शर्माले मधेशको मुद्दा सम्बोधन गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन्। सर्लाही सदरमुकाम मलङ्गवाास्थित कभर्ड हलमा एमाले सर्लाहीद्वारा आज आयोजित कार्यक्रममा उनले भने, “मधेशको मुद्दा सम्बोधन गर्न एमाले तयार छ।” नागरिकताको समस्या भोगिरहेका जनताका लागि नागरिकता विधेयक एमाले सरकारले ल्याए पनि पारित हुन नसकेको उनको भनाइ छ। उनले आगामी दिनमा आफ्नो पार्टीले मधेशी जनताका समस्या सम्बोधन गर्ने बाचासमेत गरे ।  

पुरा पढ्नुहॊस »

गठबन्धनको निर्देशन पालना गरेर निर्वाचनमा जानु पर्छः मन्त्री भुसाल

नेकपा (माओवादी केन्द्र) की नेतृ एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गठबन्धनको निर्देशनलाई पालना गरेर अग्रगमनलाई निर्वाचित गराउनुपर्नेमा जोड दिएकी छिन्। ललितपुरमा आज आयोजित कार्यक्रममा उनले अहिलेको निर्वाचन परिवर्तनलाई संस्थागत गर्ने र परिवर्तनलाई पछाडि फर्काउनेबीचको भएकाे बताइन्। जनयुद्ध र जनआन्दोलनको एकीकृत बलमा गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीतालगायत थुप्रै मुद्दालाई संविधानले सुनिश्चित गरेको उल्लेख गर्दै मन्त्री भुसालले संविधानको रक्षाका लागि गठबन्धन आवश्यक भएको स्पष्ट पारिन्। यसैबीच ऊर्जामन्त्री भुसालले पछिल्लो समय चर्चा भएजस्तो …

पुरा पढ्नुहॊस »

देशभर थपिए ९ संक्रमित, ४४ जना संक्रमण मुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ४३ जनाको नमूनाको परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा देशभर ४४ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ९ लाख ६६ हजार ३०३ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन। हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार …

पुरा पढ्नुहॊस »

यस्ताे छ विवेकशील साझा काठमाडौंकाे चुनावी घोषणा

रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिका केन्द्रित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा विद्युतीय सवारी साधन खरिदमा तीन बर्षसम्म महानगरीय कर नलिनेदेखि काठमाडौंमा सार्वजनिक शौचालय निर्माण गर्नेसम्म उल्लेख छ। महानगरको मेयरमा समीक्षा बाँस्कोटा र उपमेयरमा कीर्ति तुलाधारलाई अगाडि सार्दै विवेकशीलले चुनावी घोषणापत्रमार्फत ५० वटा थप सार्वजनिक शौचालयलगायत निर्माण गर्ने घोषणा गरेको हो। ‘डिजेल र पेट्रोलबाट चल्ने सार्वजनिक यातायातलाई क्रमशः विस्थापित गर्दै लगिनेछ, बिजुलीबाट चल्ने यातायातमा रुपान्तरण गर्ने संस्था …

पुरा पढ्नुहॊस »

‘युक्रेनी युद्धमा ३ हजार युक्रेनी र २० हजार रुसी सेना मारिए’

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हमलामा २५ सयदेखि ३ हजार युक्रेनी सेना मारिएको बताएका छन्। २४ फेब्रुवरीदेखि सुरु भएको सो युद्धमा १० हजार युक्रेनी सेना घाइते भएको उनले बताएका छन्। ‘युद्धमा नागरिक हताहतको कुनै गणना छैन’, अमेरिकी समाचार संस्था सीएनएनलाई उनले भने । युद्धमा १९ हजारदेखि २० हजार रुसी सेना मारिएको उनको दाबी छ। मस्कोले गत महिना युद्धमा आफ्ना १३५१ सेना मारिएको र ३ हजार ८२५ जना घाइते भएको जनाएको …

पुरा पढ्नुहॊस »

आचारसंहिता उल्लंघन गर्ने जाे सुकैलाई कारवाही गर्ने आयोगकाे चेतावनी

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जो सुकैलाई कारवाही गर्ने चेतावनी दिएको छ। रुपन्देहीका सञ्चारकर्मीहरूसँग शनिबार आयोजित अभिमुखीकरणमा आयोगले आचारसंहिता प्रधानमन्त्रीदेखि आम नागरिकसम्म सबैले पालना गर्नुपर्ने र कहीं कतैबाट उल्लंघन भए कारवाही हुने प्रतिबद्धता जनाएको हो। आचारसंहिता उल्लंघन भए त्यसबारे जानकारी गराउन र आचारसंहिता पालनामा सचेत गराउन पनि आयोगले सञ्चारकर्मीलाई आग्रह गरेको छ। कार्यक्रममा निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराले निर्वाचन आचारसंहिता कसैले पनि उल्लंघन गर्न नहुने बताए। पत्रकारिता क्षेत्रले …

पुरा पढ्नुहॊस »

जापानले समृद्धिका लागि हासिल गरेको अनुभव नेपालका लागि अति उपयोगी : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा. नारायण खड्काले जापानले समृद्धिका लागि हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालका लागि अति उपयोगी हुने बताएका छन्। नेपाल जाईका अलमनाई एशोसिएशनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले जापानमा गएका नेपालीहरुले हासिल गरेका ज्ञान, सीप र अनुभव नेपालले उपयोग गरेर अघि बढनुपर्ने पनि बताए । उनले जापानले नेपालको विकासमा पुर्याउँदै आएको सहयोगको पनि खुलेर प्रशंसा गरे। भूकम्प गएको बेला होस् वा कोभिडको बेला जापानले नेपालमा …

पुरा पढ्नुहॊस »

दुई जिल्लामा गठबन्धनबाट बाहिरियो जसपा

स्थानीय तह निर्वाचनका लागि केन्द्रमा पाँच दलीय गठबन्धन गरेर जाने सैद्धान्तिक सहमति भए पनि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले तीन ठाउँमा गठबन्धन नगर्ने निर्णय लिएको छ। शुक्रबार बाँकेमा गठबन्धन नगर्ने घोषणा गरेको जसपा नेपालले शनिबार कैलालीमा पनि गठबन्धन नगर्ने निर्णय लिएको हो। नेपालगञ्जको मेयर जसपालाई नदिने अडान कांग्रेसले राखेको भन्दै गठबन्धनबाट बाहिरिनु परेको जिल्ला अध्यक्ष कमुरुद्धिन राईले जनाएका छन्। बाँकेमा एक्लै स्थानीय तहको निर्वाचनमा होमिने निर्णय गरेको जसपाले कैलालीमा …

पुरा पढ्नुहॊस »

बिजबजारबाट सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुट

नेपालका साना तथा मझौला उद्यमहरूलाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज बनाउने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारासहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारले नव वर्ष लक्षित स्किम ल्याएको छ। नव वर्ष लक्षित यस स्किममा सेवाग्राहीहरूले बिजबजारबाट सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुट पाउने भएका छन् भने यो स्किम २०७९ वैशाख महिना भरि अर्थात् २०७९ वैशाख ३१ सम्म लागू हुने कम्पनीले जनाएको छ। साथै साना तथा मझौला उद्योग …

पुरा पढ्नुहॊस »

आइएमईको नयाँ वर्ष योजना : साप्ताहिक र बम्पर विजेता गरि कूल ६१ जना लाभान्वित हुने

नयाँ वर्ष २०७९ को अवसरमा आइएमईले “आइएमई २०७९ मा २०७९” नामक सेवाग्राहीमैत्री व्यापार प्रवद्र्धनात्मक योजना सार्वजनिक गरेको छ । यो योजना १ बैशाख २०७९ देखि ३१ बैशाख २०७९ ( १४ अप्रिल, २०२२ देखि १४ मे, २०२२) सम्म जम्मा ३१ दिनका लागि कायम रहनेछ । सोही योजना आइएमई ग्रुपको काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालयको एक विशेष कार्यक्रममा सार्वजनिक गरिएको हो । कार्यक्रममा संक्षिप्त मन्तव्य ब्यक्त गर्दै आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र …

पुरा पढ्नुहॊस »