आइतबार (आज) शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ। साताको चौथो कारोबार दिन गत बुधबार ३० दशमलव २४ अंकले वृद्धि भएको बजार आज २९ दशमलव ६० अंकले घटेर २ हजार ३८५ विन्दुमा झरेको हो।
आइतबार २३३ वटा धितोपत्रको ३४ लाख ७ हजार कित्ता शेयर खरिद बिक्री भएका छन्। जसबाट १ अर्ब ४४ करोड ७ लाख २३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।
आइतबार १३ वटै समूहको परिसूचक घटेको छ। सबैभन्दा बढी फाइनान्स समूहको २ दशमलव ३२ प्रतिशतले घटेको हो। त्यस्तै, आइतबार पनि नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।
कारोबार रकमको आधारमा नेपाल दुरसञ्चार कम्पनीको ४ करोड ९९ लाख ४७ हजार ३८१ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो ।
तपाईंको प्रतिकृया




