१२ जनामा कोरोना संक्रमण पुष्टि, ३७५ जना सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ४८९ नमुना परीक्षण गर्दा १२ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो।

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा ३६ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ३७५ जना सक्रिय संक्रमित रहेका छन् ।

एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ६ हजार ७५८ रहेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

फोहोर गरेको भन्दै महानगरले एमालेलाई गर्‍यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।

प्रतिकृया दिनुहॊस