प्रदिप नेपाल

महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा डस्टविन हस्तान्तरण

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७ वर्षदेखि अनवरतरुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडको शिशुवा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लक्ष्मी आदर्श युवा क्लव, पोखरा २७ र ३० ज्यामिरकुना, शिशुवालाई डस्टविन सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वको कार्यलाई निरन्तरता दिँदै यस बैंकको शिशुवा शाखाले लक्ष्मी आदर्श युवा क्लवलाई १० थान डस्टबिन हस्तान्तरण गरेको हो । शिशुवा …

पुरा पढ्नुहॊस »

गुराँस लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दावी भुक्तानी

गुराँस लाइफ इन्स्योरेन्स क.लि.ले लुम्बिनी अञ्चल नवलपरासी जिल्ला बिनयी त्रिवेणी गाँउपालिका वडा नं. ०३ मा बसोबास गर्ने स्व. सुमन राना मगरको मृत्यु पश्चात बीमितका इच्छाएको व्यक्ति श्रीमान् इन्द्रबहादुर राना मगरलाई गुराँस सावधीक जीवन बीमा गराए बापत बीमा दावी रकमको चेक ५ लाख ९३ हजार ३२० (अक्षरुपीः पाँच लाख त्रियानब्बे हजार तीन सय बीस मात्र ।) गुराँस लाइफ इन्स्योरेन्स क.लि नारायणगढ शाखाका प्रमुख ओमकार सिग्देल, कम्पनीका कर्मचारी र एजेन्सी म्यानेजरसहितको टिमले …

पुरा पढ्नुहॊस »

सेञ्चुरी बैंकको शताब्दी बचत खाता-उच्चतम ब्याज र बीमाको सुविधा

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ वर्ष २०७९ को शुभअवसरमा बचतकर्ताहरुको हितलाई ध्यानमा राखेर शताब्दी बचत खाता संचालनमा ल्याएको छ। शताब्दी बचत खातामा ग्राहकहरुले वार्षिक ८.०३ प्रतिशतको उच्च व्याजदरका साथसाथै ७ लाख रुपैयाँ सम्मको निःशुल्क बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । यस खातामा १ लाखसम्मको स्वास्थ्य बीमा, रु १ लाखसम्मको विभिन्न १८ घातक रोगको बीमा र ५ लाखसम्मको दुर्घटना बीमाको व्यवस्था रहेको छ। शताब्दी बचतखाता खोल्दा ग्राहकहरुलाइ मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, …

पुरा पढ्नुहॊस »

विश्व बैंक र युएसएआइडीबाट नेपाललाई एक खर्ब सहयोग प्राप्त हुने

वैदेशिक मुद्राको सञ्चितिमा दबाब परेका बेला एकैपटक करिब रु एक खर्ब बराबरको अन्तर्राष्ट्रिय सहायता प्राप्त हुने भएको छ। विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १८ अर्ब सहुलियतपूर्ण ऋण र संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय (युएसएआइडी) बाट ७९ अर्ब ७१ करोड अनुदान सहायता प्राप्त हुन लागेको हो। मन्त्रिपरिषद्को गत चैत ३० गते बसेको बैठकले उक्त सहयोग स्वीकार गर्ने निर्णय भएसँगै मुलुकको अर्थतन्त्रमा केही सहज हुने भएको छ। बैठकको …

पुरा पढ्नुहॊस »

कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै वर्गीकरण गर्न काठमाडौँ महानगरकाे आग्रह

काठमाडौँ महानगरपालिकाले कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै वर्गीकरण गर्न आग्रह गरेको छ। वर्गीकरण नगरिएका फोहर फोहर बोक्ने गाडीसम्म ल्याए पुनः घरमा नै फर्काएर कारवाहीस्वरुप प्रतिव्यक्ति रु ५०० जरिवानासमेत गर्ने जनाइएको छ। कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार यसरी छुट्याइएको फोहर व्यवस्थापन गर्न सहज हुने र छुट्याइएको फोहर लिने गाडी पनि फरक फरक दिन आउने भएकाले सोहीअनुरुप व्यवस्थापन गर्नुपर्ने हुन्छ। कामपाको आग्रहलाई बेवास्ता गरे प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को …

पुरा पढ्नुहॊस »

शुक्रबार १४ जना नयाँ संक्रमित थपिए, ५५ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १४ जनामा काेरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ९०३ नमूना परीक्षण गर्दा १४ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो। सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा ५५ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४३८ जना सक्रिय संक्रमित रहेका छन्। एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ७ हजार ८९४ रहेको छ।

पुरा पढ्नुहॊस »

आगामी चुनावपछि एमालेले बहुमतसहित पाँच वर्ष सरकार चलाउँछः केपी ओली

एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनपछि बहुमत ल्याएर आफ्नो पार्टीले पाँच वर्ष सरकार चलाउने दाबी गरेका छन्। लमजुङकाे घलेगाउँमा शुक्रबार ‘घलेगाउँलाई सुखी गाउँ घोषणा’ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले प्रतिपक्ष बस्ने पार्टी नभएको भन्दै चुनावपछि बहुमत ल्याएर पाँच वर्ष सरकार चलाउने दाबी गरे। जालझेल गरेर केही समयका लागि एमालेलाई प्रतिपक्षमा पुर्याएको आरोप लगाउँदै उनले अब एमालेले बहुमतको सरकार बनाएर देश र जनताको समृद्धिको चाहना पूरा गर्ने बताए। जनताको आकर्षण …

पुरा पढ्नुहॊस »

जनमत पार्टीका माग सम्बोधन गर्न सरकार सकारात्मक छः गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले जनमत पार्टीले राखेका माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको जानकारी दिएका छन्। गृह मन्त्रालयमा आज सरकार र सिके राउत नेतृत्वको जनमत पार्टीबीच भएको भेटवार्तामा गृहमन्त्री खाणले जनमत पार्टीसँग पूर्ववर्ती सरकारले गरेको सहमतिबमोजिम कानुनअनुरुप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिन पहल गर्ने बताए । उनले जनमत पार्टीलाई मूलधारको राजनीतिमा आएर निर्वाचन आयोगमा दल दर्ता गर्दै निर्वाचन भाग लिने तयारी गर्नु स्वागतयोग्य कुरा भएको बताए। मन्त्री खाणले सबै राजनीतिक …

पुरा पढ्नुहॊस »

निर्वाचनमा गठबन्धनबारे निर्णय भएको छैनः राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको स्पष्ट पारेका छन्। चितवनमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले अन्य पार्टीसँग पनि औपचारिकरुपमा गठवन्धनको कुरा नचलाएको जानकारी दिए। यसपालिको निर्वाचनमा राप्रपा देशैभर आफ्नो सामर्थ्यले लड्ने उनले बताए। शिक्षाको विकास र सुधार नभएसम्म अन्य विकासले पूर्णता नपाउने जनाउँदै उनले स्थानीय तहमा राप्रपाले निर्वाचन जितेका ठाउँहरुमा निःशुल्क शिक्षा दिने बताए। फरक प्रसङ्गमा अध्यक्ष लिङ्देनले राजनीतिलाई पेशा व्यवसाय …

पुरा पढ्नुहॊस »

बागमती प्रदेशमा सवारी दुर्घटनाः एक वर्षमा ३६० जनाको मृत्यु

विगत एक वर्षमा बागमती प्रदेशमा भएका सवारी दुर्घटनामा ३६० जनाको मृत्यु भएको छ। बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरबाहेकका १० जिल्लामा भएको दुर्घटनामा उनीहरुले ज्यान गुमाएका हुन्। कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सुशीलसिंह राठौरका अनुसार एक हजार ६४७ दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । यस्तै तीन हजार ३८९ जना घाइते भएका छन्। घाइतेमध्ये दुई हजार ५२० सामान्य र ८६९ जना गम्भीर घाइते भएको कार्यालयको तथ्याङ्कले जनाएको …

पुरा पढ्नुहॊस »