समृद्ध नेपाल बनाउनका लागि अर्थतन्त्र सुधार गर्नुपर्छः राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई समृद्ध बनाउनका लागि अर्थतन्त्र सुधार गर्नुपर्ने बताएका छन्।

राप्रपाले सप्तरीको सप्तकोशी नगरपालिकास्थित फत्तेपुरमा मंगलबार आयोजना गरेको चुनावी सभामा उनले सरकारले करको दायरा बढाएर जनतालाई दुःख दिन लागेको बताए। विदेशी ऋण र जनताको करले गर्दा देश चलिरहेको भन्दै उनले अर्थतन्त्र सुधार नगरिए देश गम्भीर दिशातर्फ जाने उल्लेख गरे।

श्रीलङ्कामा अहिले देखिएको आर्थिक समस्याजस्तो नेपालमा हुनसक्ने भन्दै उनले राष्ट्रिय ऋण र करको दयरा घटाउनुपर्ने जिकिर गरे। उनले नेपालमा दिनप्रतिदिन आर्थिक ऋणका कारण देश दुर्घटनातर्फ गइरहेको भन्दै यसलाई नियन्त्रण गनुपर्नेसमेत बताए।

अर्थतन्त्र सबल बनाउनका लागि किसानलाई मलखाद, बीउबिजन उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो । आफ्नो देशमा कृषि क्षेत्रमा विकास नगरी अरुतिर पैसाहरु खर्च गरेका कारण पनि आर्थिक सङ्कट आउने गरेको भन्दै किसानलाई खाद्य, मल र बीउबिजनका लागि सरकार केही सहयोग नगरेको बताए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सदस्यता विवाद नसुल्झिदाँसम्म निर्वाचन प्रक्रिया अघि नबढाउन प्रेस युनियनको चेतावनी

काठमाडौँ । नेपाल प्रेस युनियनले विधि बमोजिम सदस्यता विवाद नटुङ्ग्याई निर्वाचनमा गए नेपाल पत्रकार महासङ्घको …

प्रतिकृया दिनुहॊस