बालिबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने क्रम आज पनि जारी

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइँदैछ। दाेस्राे चरणकाे राष्ट्रिय अभियान मंगलबारबाट सुरु भएकाे थियाे। आज सकिँदैछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन थालिएकाे हाे।

२७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाउने सरकारकाे लक्ष्य छ। अभियान ७५३ वटै स्थानीय तहमा सञ्चालन भइरहेकाे छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री