बालिबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने क्रम आज पनि जारी

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइँदैछ। दाेस्राे चरणकाे राष्ट्रिय अभियान मंगलबारबाट सुरु भएकाे थियाे। आज सकिँदैछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन थालिएकाे हाे।

२७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाउने सरकारकाे लक्ष्य छ। अभियान ७५३ वटै स्थानीय तहमा सञ्चालन भइरहेकाे छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो

काठमाडौं । सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत …

प्रतिकृया दिनुहॊस

This will auto close after