सन् २०२३ को डाइभर्सिटी भिसा (डिभी) को आवेदन बुधवार राति पौने १० देखि खुल्ला हुने भएको छ। अमेरिकी राजदूतावास–नेपालले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हाे।
डिभीका लागि कार्तिक २३ गतेसम्म आवेदन दिन सकिने छ। जसका लागि ६ महिनाभित्र खिचिएको फोटो र राहदानी अनिवार्य छ। डिभी भर्नका लागि https://dvprogram.state.gov/ मा गएर निःशुल्क रूपमा फारम भर्न सकिने छ।
आवेदन दिनका लागि निम्न कुराहरू आवश्यक पर्नेछ :
१. आवेदनमा आफ्नो परिवारका सबै सदस्यहरूको विवरण उल्लेख गर्नुपर्ने ।
२. विगत ६ महिनाभित्र खिचिएको फोटो ।
३. वैध, म्याद नसकिएको राहदानीको विवरण ।
तपाईंको प्रतिकृया




