रामेछाप दुर्घटना अपडेट : गोकुलगंगा-४ का वडाध्यक्ष बस्नेतको मृत्यु

काठमाडौं । रामेछापमा भएको सुमो गाडी दुर्घटनामा गोकुलगंगा गाउँपालिका-४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको छ । रामेछापको गोकुलगंगा गाउँपालिका-३ सिमलडाँडामा भएको उक्त दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो ।

शुक्रबार काठमाडौंबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ७१२३ नम्बरको सुमो गोकुलगंगाको फर्पु जिरोकिलोबाट नमाडीतर्फ जाने बाटोमा सिमखोला भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा परेर वडाध्यक्ष बस्नेतसहित अन्य पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गाडीमा ८ जना सवार थिए । अन्य तीन जनाको उद्धार गरेर अस्पतालतर्फ पठाइएको छ । सुमो झण्डै पाँच सय मिटर तर खसेको स्थानीयले बताएका छन् । वडाध्यक्ष बस्नेत गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । घटनाबारे विस्तृत विवरण आइसकेको छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री