कञ्चनपुरका प्रकाश ड्रग्ससहित बनबासामा समातिए

काठमाडौं । भारतमा ड्रग्ससहित एक नेपाली नागरिक समातिएका छन् । शुक्रवार उत्तराखण्डको बनबासा क्षेत्रमा कञ्चनपुरका युवलाई समातेको हो ।

बनबासा प्रहरीले लागुऔषधमुक्त भारत अभियानअन्तर्गत कञ्चनपुर सिसैयाका गजबहादुर कुँवरका छोरा २४ वर्षीय गजबहादुर कुँवरका छोरा प्रकाश कुँवरलाई समातिएको जनाएको छ ।

बनबासा प्रहरी प्रमुख लक्ष्मणसिंह जगवानको नेतृत्वमा रहेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। उनको साथबाट २.७६ ग्राम स्म्याक बरामद गरेको बताइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री