क्वालिटीको ‘के मज्जा’ चाउचाउ

काठमाडौं । क्वालिटी थाई फुड्सले आफ्नो पछिल्लो उत्पादन ‘के मज्जा’ ब्राण्डको चाउचाउ बजारमा ल्याएको छ । विगत तीन दशकभन्दा लामो समयदेखि विभिन्न खाद्यान्न उत्पादन गर्दै क्वालिटीले श्रीराचारामेनमा थाई स्वादमा ‘के मज्जा’ ल्याएको हो ।

कम्पनीका अनुसार पहिलोपटक नेपालमा उत्पादित श्रीराचारामेनलाई थाई स्वाद तथा अन्तर्राष्ट्रिय बजारमा उत्तम क्वालिटीको सस् मानिन्छ । त्यसैगरी ‘के मज्जा’ अन्य चाउचाउको तुलनामा गुणस्तरीय र सस्तोसमेत रहेको कम्पनीको दाबी छ ।

८० ग्राममा रहेको ‘के मज्जा’ को उपभोक्तामा मूल्य ३० रुपैयाँ रहेको छ भने चिकन र भेज दुवैमा उपलब्ध रहेको कम्पनीका म्यानेजर शंकर दाहालले जानकारी गराउनुभयो । नेपाली बजारमा पछिल्लो समय आवश्यकभन्दा बढी पिरोको मात्रा राखेर बजारीकरण गरेर उपभोक्तालाई अस्वस्थ बनाइरहेको अवस्थामा के मज्जाले आवश्यकमात्रामा पिरो राखिएको उहाँले बताउनुभयो ।

दाहालका अनुसार के मज्जा चाउचाउ डिहाइट्रेड भेजिटेबल प्रयोग भएका कारण पनि अन्य चाउचाउको तुलनामा बढी स्वस्थकर रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उखुको समर्थन मूल्य प्रतिक्विन्टल २० रुपैयाँले बढ्यो

काठमाडौं । सरकारले उखुको समर्थन मूल्यमा झन्डै २० रुपैयाँ वृद्धि गरेको छ । मन्त्रिपरिषद्को बैठकले …

प्रतिकृया दिनुहॊस