सहकारी ठगी प्रकरण : रवि लामिछानेको आजको बयान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको काठमाडौंमा शुक्रबारको बयान सकिएको छ । सहकारीको रकम अपचलन लगायतको मुद्दामा बयानको लागि पोखराबाट काठमाडौं ल्याइएका लामिछानेको बयान आइतबार पुनः जारी गर्ने गरी सकिएको हो ।

बिहान करिब साढे ९ बजेदेखि चलेको बयान अपराह्न करिब चार बजेसम्म चलेको थियो । जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता खडिन्द्र कट्वाल नेतृत्वमा बयान लिइएको थियो । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको आरोप लामिछानेमाथि छ ।

बयानपछि रविलाई सरकारी वकिल कार्यालयको अण्डर ग्राउन्डबाट सुटुक्क बाहिर निकालिएको थियो । बाहिर रास्वपा कार्यकर्ताहरु भेला भए पनि उनीहरूले रविको अनुहार देख्न पाएनन् । कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई बिहीबार साँझ काठमाडौं ल्याइएको थियो । लामिछानेलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री