यसपटक आफू सभापति पदमा लड्ने कांग्रेस नेता सिंहकाे घाेषणा

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले यसपालि आफू सभापति पदमा लड्ने बताएका छन्। नेपाली कांग्रेस नागार्जुन नगर समितिले आज आयाेजना गरेकाे बधाई तथा शुभकामना कार्यक्रममा बाेल्दै नेता प्रकाशमान सिंहले यसपालि आफू सभापति पदमा लड्ने बताएका हुन्।

२०७२ सालमा भएको १३ औं महाधिवेशनमा आफू नउठेर रामचन्द्र पौडेल र शशांक कोइरालालाई सघाएको भन्दै ‘अहिलेसम्म काठमाडौंबाट को पार्टी सभापति भएको छ?,’ आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने, ‘के हामी सधैं अरुकाे झोला मात्रै बोकेर हिँड्नुपर्ने हाे?’

उनले नेताहरूमा पदमा पुग्न होडबाजी गर्ने तर पद पाइसकेपछि काम नगर्ने प्रवृत्ति देखा परेको पनि बताए। पदमा पुगेपछि सभापति शेरबहादुर देउवाले काम गर्न नसकेको उनकाे आराेप थियाे।

‘अहिलेको सभापतिलाई हेर्नुस् न, चार वर्षसम्म पनि विभाग गठन गर्न सक्नु भएन,’ उनले पार्टीलाई संस्थागत गर्नुपर्ने बताउँदै कांग्रेसमा गुट नै गुट रहेकोतर्फ संकेत गर्दै ए कांग्रेस, बी कांग्रेस र सी कांग्रेसभन्दा पनि नेपाली कांग्रेस जनताले खोजेको बताए।

जनताले खोजेजस्तो नेपाली कांग्रेस १४ औं महाधिवेशनपछि आउने सिंहको भनाइ थियो। उनले आफूलाई सभापतिमा सहयोग गर्न पनि आग्रह गरे।

‘त्याग नै त्याग भनेर मात्र हुन्छ? १३ औं महाधिवेशनमा मैले रामचन्द्र पौडेललाई छाेडेकै हो,’ उनले भने, ‘म पहिले महामन्त्री जितेको हुँ। बिपीको छोरा महामन्त्री उठ्ने भनेर म नै त्यसबेला शशांक कोइरालाको प्रस्तावक बसेँ।’

आफूलाई नेता तथा कार्यकर्ताहरूले अगाडि बढ्न भनेको पनि उनले बताए। ‘गणेशमानको छोरा भन्छौं पार्टीलाई राम्रो गर्नुपर्‍यो भनेर मलाई कार्यकर्ताहरूले भनेका छन्,’ उनले भने, ‘प्रजातन्त्र जोगाउनुपर्‍यो। पार्टी संस्थागत गर्नुपर्‍यो। जनतालाई सहयोग गर्नुपर्‍यो, भन्ने हो। मलाई पदमा पुगेर पैसा कमाउनु छैन।’

उनले पार्टीमा यतिका वर्ष काठमाडौं बाहिरका नेताहरू सभापति बनेको र यसपालि काठमाडौंलाई नेतृत्व गर्न दिइनुपर्ने बताए। ‘यतिका वर्ष काठमाडौं बाहिरले नेतृत्व गरेको अब पालो काठमाडौंको हो,’ उनले भने।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

फाइल तस्वीर

रवि लामिछानेलाई काठमाडौं ल्याइने

काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति …

प्रतिकृया दिनुहॊस