कोरोना अपडेटः १ हजार ४३ संक्रमित थपिए, ८९१ जना निको भए

नेपालमा आज १ हजार ४३ जना कोरोना संक्रमित थपिएका छन्। हालसम्म सक्रिय संक्रमितको संख्या १६ हजार १९४ रहेको छ।

चार हजार ४३ वटा एन्टीजेन परीक्षण गर्दा १९४ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ९९ हजार ६१५ जना पुगेको छ। एन्टीजेन परीक्षणबाट ९२ हजार ६५२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८९१ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ७२ हजार २२९ पुगेको छ।

आज १२ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १९२ पुगेको छ।

आज १५ हजार ४६५ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ४२ लाख ५६ हजार ८०३ जनाको पिसिआर परीक्षण गरिएको छ। एन्टीजेन परीक्षण ६ लाख १ हजार ३०२ पुगेको छ।

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

एमाले कांग्रेस मिल्नुपर्छ भन्ने छ, तर हामीलाई हतार छैन : रमेश लेखक

काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीले नयाँ समीकरण बनाउन हतार नगरेको बताएका …

प्रतिकृया दिनुहॊस