भारतमा काेराेनाका सक्रिय सङ्क्रमितको सङ्ख्या सात महिना यताकै कम

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भई अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या झण्डै सात महिना पछिकै कम देखिएको छ। अधिकारीहरुले बुधबार बिहान दिएको जानकारीअनुसार भारतमा अहिले दुई लाख ४६ हजार ६८७ जना सक्रिय सङ्क्रमितहरु रहेका छन्।

सङ्ख्या २०३ दिनपछिकै सबैभन्दा कम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन्। भारतमा पछिल्लो एक दिनमा २४ हजार ७७० जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयले जानकारी दिएको छ। त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा १८ हजार ८३३ जना नयाँ सङ्क्रमितहरु थपिएका छन्।

नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या कम हुँदै गएको हो। भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या तीन करोड ३१ लाख ७५ हजार ६५६ पुगेको छ।

भारतको चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म ५७ करोड ६८ लाख तीन हजार ८६७ जनाको कोरोना परीक्षण गरिएको छ। ती मध्ये १४ लाख नौ हजार ८२५ जनाको हिजो मंगलबार परीक्षण गरिएको हो। भारतमा पछिल्लो समयमा सङ्क्रमितहरुको सङ्ख्या केरला राज्यमा सवैभन्दा धेरै एक लाखभन्दा बढी देखिँदै आएको छ। केरलामा अहिलेपनि एक लाख २५ हजार ३० जना सक्रिय सङ्क्रमित रहेका छन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस