महोत्सव हेर्न भन्दै कैलालीको लम्कीचुहामा तीनदिन विद्यालय बन्द गर्न निर्देशन

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिकाले लम्कीचुहामा आयोजना गरिएको महोत्सवको लागि विद्यालय बन्द गर्न निर्देशन दिएकाे छ । नगरपालिकाले एक सूचना जारी गर्दै महोत्सवका लागि १४ देखि १६ गतेसम्म सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई बन्द गर्न निर्देशन जारी गरेकाे हाे ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत तप्त भण्डारीले लम्की चुहा उद्योग वाणिज्य सङ्घको पत्रअनुसार स्थानीय बिदा दिएको भन्दै सूचना जारी गरेका हुन् । ‘यही मंसिर ६ देखि १६ गतेसम्म सञ्चालन भइरहेको लम्की महोत्सव २०८१ मा विद्यार्थीहरूका लागि विज्ञान प्रदर्शनी, विद्यार्थीहरूको विज्ञान प्रविधिबाट आविष्कार गरेका उपकरणको प्रदर्शनी तथा विद्यालयस्तरीय नृत्य प्रतियोगिता हुने भएको हुँदा १४ देखि १६ गतेसम्म स्थानीय बिदा दिएको जानकारी गराइन्छ’, नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

महोत्सवको लागि नगरपालिकाभित्रका सबै विद्यालय बन्द गर्न लगाउने नगरपालिकाको निर्देशनको अहिले आलोचना भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री