प्रदिप नेपाल

दीपककुमार कार्की स्वत: कामुप्रधानन्यायाधीश

वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश बनेका छन्। संघीय संसद् सचिवालयमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियाेग प्रस्ताव दर्ता भएपछि उनी स्वत: निलम्बित हुने हुँदा कार्की पनि स्वत: कामुप्रधानन्याधीश बनेका हुन्। कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसद्ले आइतबार बिहान संघीय संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन्। जबरा निलम्बनमा परेपछि दोस्रो वरीयताका न्यायाधीश कार्की कामुप्रधानन्यायाधीश बनेका हुन् ।

पुरा पढ्नुहॊस »

प्रधानन्यायाधीशविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमा क-कसले गरे हस्ताक्षर? (सूचीसहित)

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतबार महाअभियोगको प्रस्ताव दर्ता भएको छ। कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन्। यी महाअभियोग प्रस्तावमा हस्ताक्षर गर्ने सांसद्हरूः कांग्रेसबाट जिपछिरिङ लामा, महेन्द्रकुमारी लिम्बू, डिला संग्रौला पन्त, रंगमति शाही, सरवत आरा खानम हल्वाईनी, बहादुरसिंह लामा, मानबहादुर विश्वकर्मा, मीना सुब्बा, अभिषेकप्रताप शाह, पद्मनारायण चौधरी, दिव्यमणि राजभण्डारी, मीनबहादुर विश्वकर्मा, लालकाजी गुरुङ, मोहन आचार्य, तेजुलाल चौधरी, …

पुरा पढ्नुहॊस »

मकै रोप्ने सिजनमा मलको अभाव हुन नदिने गरि सरकारले काम गरिरहेको छ : कृषिमन्त्री हुमागाईं

वाग्मती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री वसुन्धरा हुमागाईंले प्रदेश सरकारले समग्र विकासको नेतृत्व गर्नु पर्ने बताएका छन्। शनिबार काभ्रेको मण्डनदेउपूर नगरपालिका १० स्थित चण्डेनीमण्डनमा रहेको चण्डेनीमण्डन पशुबीमा सहकारी संस्थाको १९ औं साधारण सभा तथा भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री हुमागाईंले यस्तो बताएका हुन् । आफू मन्त्री हुने बित्तिकै ५१ बुँदे मार्गनिर्देश जारी गरेको स्मरण गराउँदै मन्त्री हुमागाईंले ती मध्ये ११ वटा सुरु भइसकेको जानकारी दिए । सबैखाले बीमा गर्न जनचेतना …

पुरा पढ्नुहॊस »

सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ता

सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच शनिवार वार्ता भएको छ। नेकपासँग यसअघि भएको तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा छलफल भएको हो। गृह मन्त्रालयमा शनिबार भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्र बडू, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, कानुनसचिव उदयराज सापकोटा तथा नेकपाका तर्फबाट खड्गबहादुर विश्वकर्मा सहभागी थिए। वार्तामा २० फागुन २०७७ नेपाल सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनमा …

पुरा पढ्नुहॊस »

बन्द सिनेमा हल भोलिदेखि खुल्ने

कोभिड महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हलहरु १ फागुनबाट खुल्ला हुने भएका छन्। जिल्ला प्रशाशन कार्यालयले १ फागुनबाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिए लगत्तै सिनेमा हलहरु खुल्ला हुने भएका हुन्। सिनेमा हल खुल्ला हुने बितिक्कै दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट–३ लगायतका सिनेमा हलमा प्रदर्शन हुने छन्।

पुरा पढ्नुहॊस »

निर्वाचन आयोगले आइतबारबाट निर्वाचनको दैनिक ‘प्रेस व्रिफिङ’ दिने

निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिबारे प्रत्येक दिन आमसञ्चार माध्यमलाई जानकारी गराउने भएको छ। कान्तिपथस्थित आयोग परिसरको मिडिया सेन्टरबाट फागुन १ गतेदेखि प्रत्येक दिन अपराह्न चार बजे प्रवक्ता–सञ्चारकर्मी भेट कार्यक्रम सञ्चालन हुनेछ। निर्वाचनका सन्दर्भमा आयोगका दैनिक गतिविधि तथा निर्वाचनसँग सम्वन्धीत अन्य विषयमा आमसञ्चार माध्यमलाई सूचना सम्प्रेषण गर्ने उद्देश्यले “प्रेस मिट” गर्न लागिएको आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए। स्थानीय तहको निर्वाचन यसअघि नै आगामी वैशाख ३० …

पुरा पढ्नुहॊस »

८३६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ६५४ वटा नमुना परीक्षण गर्दा ८३६ जनामा कोरोना पोजेटिभ देखिएको हो। त्यस्तै सोही अवधिमा ४ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार ४ हजार २६० जनामा गरिएको पीसीआर परीक्षणमा ४९१ जनामा र २ हजार ३९४ जनामा एन्टिजेन परीक्षण गर्दा ३४५ जनामा संक्रमण देखिएको हो। योसँगै देशभर सक्रिय संक्रमितको संख्या २६ …

पुरा पढ्नुहॊस »

नेपालसहित ८ देशबाट आउने उडानमा हङकङद्वारा प्रतिबन्ध

हङकङले नेपालबाट हुने उडानमा प्रतिबन्ध लगाएको छ। कोरोना महामारीको प्रकोप बढ्दै गएको भन्दै हङकङ सरकारले नेपालसहित ८ देशबाट आउने उडानमा ४ मार्चसम्म प्रतिबन्ध लगाएको हो। समाचार संस्था रोयटर्सका अनुसार नेपालसहित उडानमा प्रतिबन्ध लगाएका अन्य देशहरूमा संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान र फिलिपिन्स छन्।

पुरा पढ्नुहॊस »

कांग्रेसले १६ जिल्ला कार्यसमितिको निर्वाचन फागुन १३ गते गर्ने

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको निर्वाचन फागुन १३ गते गर्ने निर्णय गरेको छ। समितिको आज बसेको बैठकले उक्त निर्णय गरेको हो। सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम जिल्लामा कार्यसमितिको निर्वाचन गरिने जनाइएको छ। यसअघि ती जिल्लामा माघ १५ गते निर्वाचन मिति तोकिएको थियो। कोरोना संक्रमण बढेपछि समितिले उक्त निर्वाचन स्थगित गरेको …

पुरा पढ्नुहॊस »

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक आइतबार पनि बस्ने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार पनि बस्ने भएको छ। बैठक आइतबार दिउँसो २ बजे बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बिहीबार सुरु भएको समितिको बैठक आज पनि पार्टी कार्यालय सानेपामा बसेको थियो। आजको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरु- प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह के सी., डा. शेखर कोइराला, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, सुजाता कोइराला र जीवनबहादुर शाहीले आफ्नो धारणा राखेका थिए ।

पुरा पढ्नुहॊस »