सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ता

सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच शनिवार वार्ता भएको छ। नेकपासँग यसअघि भएको तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा छलफल भएको हो।

गृह मन्त्रालयमा शनिबार भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्र बडू, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, कानुनसचिव उदयराज सापकोटा तथा नेकपाका तर्फबाट खड्गबहादुर विश्वकर्मा सहभागी थिए।

वार्तामा २० फागुन २०७७ नेपाल सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनमा अहिलेसम्म भएका प्रगति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

पाँच ‘डमी कम्पनी’मार्फत ३० अर्बको सुन तस्करी : सीआईबी

काठमाडौं । नेपालमा पाँच वटा नक्कली कम्पनीमार्फत करिब ३२ क्वीन्टल (३२ सय किलो) अवैध सुन …

प्रतिकृया दिनुहॊस