नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव गरेको भोलिपल्ट कांग्रेस संसदीय दलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बिहान ९ बजे बस्ने गरि दलको बैठक बोलाएका हुन्। पदीय आचरण र व्यवहार नदेखाएको, आर्थिक अनियमिततामा मुछिएको, न्याय सम्पादनमा कमजोरी गरेको लगायतका कारण देखाउँदै कांग्रेसले प्रधानन्यायाधीश जबराविरुद्ध आइतबार महाभियोग प्रस्ताव दर्ताका लागि आफ्ना पार्टीका सांसदरूको हस्ताक्षर गर्न लगाएको थियो। प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव ल्याउने विषयमा सांसदहरूलाई …
पुरा पढ्नुहॊस »ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर गोरखाको बिरुवाटारमा
ग्लोबल आइएमई बैंक लिमिटेडले गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका वडा नं ७, बिरुवाटारमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ। बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै यस एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो। बैंकको ४९औँ एक्सटेन्सन काउण्टरको उद्घाटन पालुङ्गटार नगरपालिकाका मेयर दिपकबाबु कँडेलले गरेका छन् । “सबैका लागि बैंक” भन्ने नाराका साथ २७ लाखभन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर …
पुरा पढ्नुहॊस »बैंकिङ मुद्दाका फरार प्रतिवादी पक्राउ
जिल्ला प्रहरी कार्यालय लमजुङले बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय लमजुङले बेसीसहर नगरपालिका-३ गाउँसहरका वर्ष ६० वर्षीय गणेशबहादुर गोतामेलाई पक्राउ गरेको हो। काठमाडौंमा लुकीछिपी बस्दै आएको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङको विशेष टोलीले खोजतलास गर्दा माघ २८ गते गोतामेलाई काठमाडौंको तारकेश्वर नगरपालिका-९ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। २०७८ वैशाख १२ गते निज गणेश गोतामेविरुद्ध उच्च अदालत पाटनबाट मुद्दा फैसला …
पुरा पढ्नुहॊस »भ्यालेन्टाइन डेमा टेलिकमको विशेष अफर, भोल्टी कल निःशुल्क
नेपाल टेलिकमले भ्यालेन्टाइन डे अफर ल्याएको छ। भ्यालेन्टाइन डेको अवसरमा टेलिकमले अनलिमिटेड डेटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराएको हो। यो अफर फागुन १ र २ गते (फेब्रुअरी १३ र १४ तारिख) का लागि उपलब्ध छ। अफरअन्तर्गत ४९ रूपैयाँमा एक एमबीपीएस अनलिमिटेड डेटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा ‘डे कम्बो अफर’ उपलब्ध हुनेछ । *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरि सो सुविधा खरिद गर्न …
पुरा पढ्नुहॊस »जाल्पा सामुदायिक लघुवित्तको आइपिओ बाँडफाँड (कसरी हेर्ने?)
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयर बाँडफाँड भएको छ । संस्थाको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने २७ लाख ९ हजार ८५५ वटा आवेदनहरुबाट ३ करोड ३१ लाख ४७ हजार १५० कित्ताको लागि जम्मा आवेदन परेको थियो । सि–आश्वा सेवामा सहभागी बैंक तथा वित्तिय संस्थाहरुबाट विभिन्न कारणबाट १ लाख १८ हजार १५३ जना आवेदकहरुबाट २४ लाख ३० हजार ३२० कित्ता सेयरलाई रद्ध गरेपश्चात बाँकी रहेको २५ लाख ९१ हजार …
पुरा पढ्नुहॊस »स्थानीय तह निर्वाचनका लागि आयोगले माग्यो १२ अर्ब रुपैयाँ
निर्वाचन आयोगले २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सम्पन्न गराउन १२ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने जनाएको छ। आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारसँग उक्त रकम माग गरिएको समेत जनायो । ‘निर्वाचन ब्यवस्थापनका लागि आवश्यक पर्ने बजेटको तयारी अन्तिम चरणमा पुगेको छ,’ निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । सरकारसँग बजेट प्रस्तावसहित बजेट स्वीकृतीको प्रकृयामा रहेको र सो अगावै निर्वाचन सामग्री खरिद प्रक्रिया अगाडि बढाउन अर्थ …
पुरा पढ्नुहॊस »५२१ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाकाे मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा ५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ३७ पीसीआर परीक्षणमा ४२७ जनामा र ४ हजार ७८ जनामा एन्टिजेन परीक्षण गर्दा ९४ जनामा संक्रमण देखिएको हो। मृत्यु हुनेकाे संख्या १० रहेकाे छ। योसँगै देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ५८४ रहेको छ भने पछिल्लो २४ घण्टामा ३ हजार ९३५ जना डिस्चार्ज भएका छन् । काठमाडाैं उपत्यकामा १५० जनामा संक्रमण पुष्टि …
पुरा पढ्नुहॊस »शेयर बजार : नेप्से १०१.२४ अंकले घट्यो
कारोबार हुने साताको पहिलो दिन आइतबार (आज) शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । बिहीबार ११ दशमलव ९६ अंकले घटेर बन्द भएको बजार आइतबार उच्च अंकले घटेर बन्द भएको हो । कारोबारमा आएदेखि नै उच्च अंकले घटेको बजार अन्तिममा १०१ दशमलव २४ अंकले घटेर २ हजार ७०० दशमलव ३२ बिन्दुमा झरेको छ । आइतबार २२७ वटा घितोपत्रको १ करोड १६ लाख ६१ हजार ६३९ कित्ता शेयर खरिद बिक्री भएको …
पुरा पढ्नुहॊस »महाभियोग पत्र बुझेर सर्वाेच्च अदालतबाट बाहिरिए चोलेन्द्र
आफूविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको जानकारी पत्र बुझेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वाेच्च अदालतबाट बाहिरिएका छन्। कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदले आइतबार बिहान प्रधानन्यायाधीश जबराविरुद्ध संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । यसबारे सचिवालयले जबरालाई पत्रमार्फत जानकारी गराएको हो। संसद सचिवालयबाट आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको सूचनासहितको पत्र प्राप्त भएपछि जबरा सर्वाेच्चबाट बाहिरिएका हुन्। महाअभियोग प्रस्ताव दर्ता भएको जानकारी पाएसँगै जबरा प्रधानन्यायाधीशबाट निलम्बित भएका छन्।
पुरा पढ्नुहॊस »प्रतिनिधिसभाको बैठक फागुन ४ गतेका लागि सर्यो
प्रतिनिधिसभाको बैठक फागुन ४ गते मध्यान्न १ बजे बस्ने भएको छ। सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले आज एक सूचनामार्फत फागुन २ गतेका लागि तय भएको प्रतिनिधिसभाको बैठक बुधबारका लागि सरेको जानकारी दिए। फागुन २ गतेका लागि तय भएको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सभामुख अग्निप्रसाद सापकोटाले फागुन ४ गतेका लागि निर्धारण गरेको सूचनामा उल्लेख …
पुरा पढ्नुहॊस »