८३६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ६५४ वटा नमुना परीक्षण गर्दा ८३६ जनामा कोरोना पोजेटिभ देखिएको हो। त्यस्तै सोही अवधिमा ४ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार ४ हजार २६० जनामा गरिएको पीसीआर परीक्षणमा ४९१ जनामा र २ हजार ३९४ जनामा एन्टिजेन परीक्षण गर्दा ३४५ जनामा संक्रमण देखिएको हो।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या २६ हजार १०१ रहेको छ भने पछिल्लो २४ घण्टामा १ हजार ८२६ जना डिस्चार्ज भएका छन् ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस