प्रदिप नेपाल

ज्योति लाइफले बोलायो साधारण सभा, १० प्रतिशत लाभांश पारित हुने

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ। कम्पनीले सभा फागुन ६ गते शुक्रवार वाटरफ्रन्ट रिसोर्ट लेकसाईड पोखरा १८, कास्कीमा बिहान ११ बजे गर्ने जानकारी गराएको हो। उक्त सभाले १० प्रतिशत बोनस शेयर र ०.५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने र आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती र …

पुरा पढ्नुहॊस »

चार दिनपछि खुल्यो नेपाल–भारत सीमानाका

चार दिनदेखि बन्द नेपाल–भारत सीमानाका आजदेखि खुलेको छ। भारतको उत्तराखण्ड राज्यमा फेब्रुअरी १४ (फागुन २ गते) मा भएको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका गत माघ २८ गतेदेखि बन्द गरिएको थियो। बन्द रहेको नाका खुलेसँगै आवतजावत पनि सुरु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। निर्वाचनमा सुरक्षा संवेदनशीलताका कारणले गर्दा दुवै देशको सहमतिका आधारमा नाका बन्द गरिएको थियो। सीमा बन्द रहेको अवधिमा आकस्मिकरूपमा …

पुरा पढ्नुहॊस »

फागुन ८ गते माओवादी केन्द्रकाे केन्द्रीय समिति बैठक बस्ने

नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र)ले फागुन ८ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ। समसामयिक राजनीतिक विषय, पार्टी पदाधिकारी, स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय सदस्यको मनोनयनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो। माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक फागुन ८ र ९ गतेका लागि तय गरिएको छ। गत पुसमा आठौं महाधिवेशन गरेको माओवादीले अध्यक्ष र केन्द्रीय समितिको सङ्ख्या निर्धारण गरे पनि पदाधिकारी चयन गरेको छैन। बैठकमा मुलुकको …

पुरा पढ्नुहॊस »

रहेनन् वरिष्ठ साहित्यकार डा. तारानाथ शर्मा

वरिष्ठ साहित्यकार डा. तारानाथ (ताना) शर्माको निधन भएकाे छ। उनकाे ८७ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ। इलामको बरबोटेमा जन्मिएका शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल, बालकृष्ण पोखरेललगायतसँग मिलेर सुरु गरेको ‘झर्रोवादी आन्दोलन’ नेपाली साहित्यको महत्वपूर्ण घट्ना मानिन्छ। उनका ‘बेलाइततिर बरालिँदा’, ‘पाताल प्रवास’ जस्ता यात्रापरक निबन्ध संग्रहका साथै नेपाली, अंग्रेजी, भाषा, व्याकरणसहितका १ सयभन्दा बढी पुस्तकहरू प्रकाशित छन्। लामो समयदेखि डिमेन्सिया(विस्मृति) रोगबाट ग्रसित शर्मा मुटु रोग, उच्च …

पुरा पढ्नुहॊस »

तेह्रथुम सदरमुकाम म्याङलुङमा आगलागी

तेह्रथुमको सदरमुकाम म्याङलुङमा मंगलबार बिहानै आगलागी भएको छ। म्याङलुङ नगरपालिका-१ केउरेनीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए। सुरक्षाकर्मी, स्थानीय र दमकलकाे सहयाेगबाट आगो नियन्त्रणका आएकाे प्रहरीले जनाएकाे छ।

पुरा पढ्नुहॊस »

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

प्रधानन्यायधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेपछि नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। मङ्गलबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दलको बैठकका लागि सूचना प्राप्त भएको सांसद भीमसेनदास प्रधानले जानकारी दिए। सूचनामा बैठकको एजेण्डा भने तय गरिएको छैन। प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव र एमसिसीका विषयमा छलफल गर्न बैठक डाकेको हुनसक्ने सांसद प्रधानले बताए। सरकारको नेतृत्व गरेको कांग्रेससहित सत्ता गठबन्धनका प्रमुख तीन दलका ९८ सांसदले आइतबार बिहान प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर …

पुरा पढ्नुहॊस »

‘काठमाडौँ उपत्यकाकाे फोहर विसर्जनको दीर्घकालीन समाधान नखोजे समस्या हुन्छ’

काठमाडौँ उपत्यकाको फोहर विसर्जनका लागि तत्काल दीर्घकालीन समाधानको खोजी गर्न नसके आगामी दिनमा थप समस्या सिर्जना हुने बताइएको छ। काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पासाङल्यामु राजमार्ग निर्माणमा ढिलासुस्ती र लापरबाही भएको भन्दै पीडित स्थानीयले आइतबारदेखि सडक अवरुद्ध गर्दै ल्याण्ड फिल्ड साइटमा फोहर विसर्जनमा अवरोध गरेपछि सङ्घीय सरकारको ध्यानाकर्षण गर्दै दीर्घकालीन समाधानको आवश्यक रहेको बताए। काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर विसर्जन गर्नका लागि दीर्घकालिन समाधान हुन नसक्दा पटकपटक समस्या उत्पन्न …

पुरा पढ्नुहॊस »

पशुपतिमा फूल, प्रसाद बिक्री गर्ने ठाउँ व्यवस्थित गर्न मन्त्री आलेको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रमा फूल प्रसाद बिक्री गर्नका लागि राखिएका पसलहरु व्यवस्थित गर्न निर्देशन दिएका छन्। साेमबार मन्त्रालयमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा सम्बन्धित सरोकारवालाहरुसँगको छलफलका क्रममा मन्त्री आलेले फूल प्रसाद बिक्री गर्ने ठाउँ साँघुरो भएको र पशुपतिमा आउने भक्तजनलाई पनि समस्या भएका कारण उक्त पसल व्यवस्थित ठाउँमा सार्न निर्देशन दिएका हुन्। पशुपति क्षेत्र नेपालका चार धाममध्ये एक भएको र पशुपति नाथ राष्ट्रदेव भएकाले …

पुरा पढ्नुहॊस »

पहाडी क्षेत्रमा वर्षाकाे सम्भावना

हाल मुलुकमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। बिहान पहाडी भूभागमा आंशिक बदली छ भने तराईका केही भूभागमा हुस्सु लागेको छ। दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ। राति उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। बुधबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने …

पुरा पढ्नुहॊस »

विधेयकहरु अघि बढाउन सभामुखलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा रहेका विभिन्न विधेयकहरु अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका छन् । सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री देउवाले संसद बन्धक हुन नसक्ने भन्दै विधेयकहरु अघि बढाउन आग्रह गरेका हुन्। देउवाले संसद प्रमुख प्रतिपक्षी नेकपा एमालेको बन्धक बनिरहन नसक्ने बताएका छन् । त्यस्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि विधेयकहरु संसदमा रोकिएको भन्दै पास गर्ने तर्फ लाग्न सभामुख सापकोटालाई …

पुरा पढ्नुहॊस »