प्रदिप नेपाल

अनलाइन माध्यमबाट हुनसक्ने ठगीबाट बच्न प्रहरीको आग्रह

नेपाल प्रहरीको साइबर ब्यूरोले अनलाइनको माध्यमबाट हुने ठगीबाट बच्न आम नागरिकलाई आग्रह गरेको छ। ब्यूरोले एक विज्ञप्ति जारी गरि पछिल्लो समय विद्युतीय आर्थिक कारोबार बढिरहेको अवस्थामा सामाजिक सञ्जालबाट ठगी हुने क्रम बढेको भन्दै यसबाट जोगिन सबैलाई आग्रह गरेको हाे। ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले विभिन्न किसिमका चिट्ठा परेको भन्दै पैसा लिनका लागि ट्याक्स तिनुपर्ने भन्दै अनलाइनमार्फत पैसा भुक्तानी गरी ठगी गरेको उजुरी बढेको बताए। उनले आफ्नो पासवर्ड र …

पुरा पढ्नुहॊस »

नबिल बैंकद्वारा सोवा हेल्थ केयरसँग साझेदारी

नबिल बैंकले सोवा हेल्थ केयरसँग बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अस्पतालका बिभिन्न सेवा तथा सुविधाहरुमा छुट प्रदान गर्ने साझेदारी गरेको छ । नबिल बैंकका प्रिपेड, डेबिट तथा क्रेडिट कार्ड भएका ग्राहकहरुले यस साझेदारीको लाभ उठाउन सक्नेछन् । सोवा हेल्थ केयर ललितपुरको एकान्तकुनामा अवस्थित अत्याधुनिक प्रविधि र विविध सेवाहरू भएको नयाँ उन्नत पोलिक्लिनिक हो, जसले चिकित्सा र टेलिमेडिसिन सेवाहरूमा सजिलो पहुँच प्रदान गर्दछ । यस कोभिड समयमा सोवा हेल्थकेयरले घरमै नमूना सङ्कलन, …

पुरा पढ्नुहॊस »

सडकमा नमूना संसद् बनाउँदै युवा संघले गर्याे विरोध प्रदर्शन

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेनिकट युवा संघ नेपालले सडकमा नमूना संसद् बनाएर विरोध प्रदर्शन गरेको छ। युवा संघले मंगलबार बानेश्वरको सडकमा ‘सडक संसद’ बनाएर प्रतिनिधिसभाको बैठक जस्तै अवरोध गरेर अनौठो शैलीमा विरोध प्रदर्शन गरेको छ । नेकपा एमालेले कारबाही गरेका १४ जना सांसदबारे सूचना नटाँसेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको विरोधमा युवा संघले विरोध जनाएको छ। राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले देउवा नेतृत्वको पाँच दलीय गठबन्धन गरेकाले राष्ट्रघाती कदमको विरोधमा …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकका ९ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

ग्लोबल आइएमई बैंक लिमिटेडले ९ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले भोजपुरको दावाँ, रामेछापको देउराली बजार र रिष्ठे बजार, धनुषाको पुष्पवलपुर र बटेश्वर, खोटाङको खार्मी र नुवाकोटको चौघडा, रुपन्देहीको भवानीपुर एव्म उदयपुरको बाँकेटारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । यी ९ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २७४ पुगेको छ । बैंकले भोजपुर जिल्लाको भोजपुर नगरपालिका वडा नं. ३, दावाँ, …

पुरा पढ्नुहॊस »

आइएमई पे को प्रणय दिवसका अवसरमा ल्याइएको अफर २ जोडीले जिते

आइएमई पे ले प्रणय दिवसको अवसरमा ल्याइएको अफर अन्तर्गत हवाई टिकट बुकिङ्ग गर्ने २ जोडीले चन्द्रागिरि रिसोर्टमा एक रात दुई दिनको आकर्षक प्याकेज जित्न सफल भएका छन् । क्याम्पियन अवधि ४ फेब्रुअरीदेखि १२ फेब्रुअरी २०२२ सम्म रहेकोे थियो भने सोही विजेताहरुको घोषणा लक्की ड्र मार्फत गरिएको छ । आइएमई पे मार्फत हवाई टिकट बुकिङ्ग गरेर चन्द्रागिरि रिसोर्ट प्याकेज जित्न सफल सेवाग्राहीहरु काठमाडौँका दिनेश कुमार निरौला र दुर्गा गुरुङ्गलाई पानीपोखरीस्थित आइएमई …

पुरा पढ्नुहॊस »

कांग्रेसद्वारा कार्यकाल सकिएका भ्रातृ संगठन र शुभेच्छुक संस्थाहरू विघटन

नेपाली कांग्रेसले कार्यकाल सकिएका भ्रातृ संगठन र शुभेच्छुक संस्थाहरू विघटन गरेको छ। सानेपास्थित पार्टी कार्यालयमा मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेविसंघसहित म्याद सकिएका भ्रातृ संगठन र शुभेच्छुक संस्था विघटन गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। उनका अनुसार फागुनभित्र तदर्थ समिति गठन गरिनेछ।

पुरा पढ्नुहॊस »

६८० जना संक्रमित, १ हजार ८३५ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार २५६ पीसीआर परीक्षणमा ४९८ जनामा र २ हजार ८३९ जनामा एन्टिजेन परीक्षण गर्दा १८२ जनामा संक्रमण देखिएको हो। मृत्यु हुनेकाे संख्या २ रहेकाे छ। योसँगै देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ४०० रहेको छ भने पछिल्लो २४ घण्टामा १ हजार ८३५ जना डिस्चार्ज भएका छन्।

पुरा पढ्नुहॊस »

५३ दशमलव ३० अंकले बढ्यो नेप्से परिसूचक

मंगलबार (आज) शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । सोमबार सामान्य अंकले बढेको बजार आज ५३ दशमलव ३० अंकले बढेर २ हजार ७५४ दशमलव २८ बिन्दुमा पुगेको छ । मंगलबार २२४ वटा घितोपत्रको ६३ लाख ४३ हजार २२८ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । मंगलबार १३ वटै समूहको …

पुरा पढ्नुहॊस »

एमालेले भोलि बस्ने संसद बैठक पनि अवरोध गर्ने

प्रमुख प्रतिपक्षी दल एमालेले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने भएको छ। एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरोध गर्दै आएको छ। बुधबार बस्ने संसद बैठकमा सरकारले एमसीसी पेस गर्ने तयारी गरिएका बेला एमालेले अवरोध गर्ने भएको हो। ‘हामीहरूको माग पूरा भएको छैन । बुधबार बस्ने संसद बैठक पनि एमालेले अवरोध गर्छ,’ एमाले सांसद शेरबहादुर तामाङले भने । एमालेको अवरोधका बीच पनि सभामुख सापकोटाले …

पुरा पढ्नुहॊस »

साहित्यकार शर्माको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ साहित्यकार तथा लेखक डा. तारानाथ शर्माको निधनप्रति दुःख व्यक्त गरेका छन्। डा. शर्माको मंगलबार निधन भएको थियो। उनको निधनप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री देउवाले डा. शर्माप्रति श्रद्धाञ्जलीसहित शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्। फेसबुकमा प्रधानमन्त्री देउवाले लेखेका छन्, ‘वरिष्ठ साहित्यकार डा. तारानाथ शर्माको निधनको खबरले मलाई निकै दुःख लागेको छ। दिवंगत शर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’  

पुरा पढ्नुहॊस »