रहेनन् वरिष्ठ साहित्यकार डा. तारानाथ शर्मा

वरिष्ठ साहित्यकार डा. तारानाथ (ताना) शर्माको निधन भएकाे छ। उनकाे ८७ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ।

इलामको बरबोटेमा जन्मिएका शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल, बालकृष्ण पोखरेललगायतसँग मिलेर सुरु गरेको ‘झर्रोवादी आन्दोलन’ नेपाली साहित्यको महत्वपूर्ण घट्ना मानिन्छ।

उनका ‘बेलाइततिर बरालिँदा’, ‘पाताल प्रवास’ जस्ता यात्रापरक निबन्ध संग्रहका साथै नेपाली, अंग्रेजी, भाषा, व्याकरणसहितका १ सयभन्दा बढी पुस्तकहरू प्रकाशित छन्।

लामो समयदेखि डिमेन्सिया(विस्मृति) रोगबाट ग्रसित शर्मा मुटु रोग, उच्च रक्तचाप, मधुमेहसमेतका बिरामी थिए। उनकाे मंगलबार अपराह्न पशुपति आर्यघाटमा अन्तिम संस्कार हुने भएको पारिवारिक स्राेतले जनाएकाे छ। शर्माका दुई छोरा र श्रीमती छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री