हृदयेश त्रिपाठी समूहले एमसीसीको पक्षमा मतदान गर्ने

हृदयेश त्रिपाठी समूह अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा उभिएको छ।एमसीसीमाथिको छलफलमा भाग लिएर त्रिपाठी समूहले पक्षमा मतदान गर्ने भएको छ।

त्रिपाठीको अध्यक्षतामा जनप्रगतिशील पार्टी निर्वाचन आयोगमा दर्ता छ। सो पार्टीसँग अहिले दुई सांसद छन्।

‘बाबुराम भट्टराई प्रधानमन्त्री र वर्षमान पुन अर्थमन्त्री हुँदा एमसीसी माग गरेका हौं। त्यो सरकारमा म पनि सहभागी थिएँ,’ त्रिपाठीले भने, ‘एमसीसी अनुमोदनका लागि संसदमा दर्ता गर्दा केपी ओली सरकारमा म पनि थिएँ। मैले नैतिकहीन हुने काम गर्नु हुन्न। हाम्रो पार्टी एमसीसीको पक्षमा छ।’

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

फोहोर गरेको भन्दै महानगरले एमालेलाई गर्‍यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।

प्रतिकृया दिनुहॊस