राष्ट्रिय वाणिज्य बैंक र त्रि.वि.अर्थशास्त्र केन्द्रीय विभागबिच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागबिच एमए र एमफिल गरिरहेका विद्यार्थीहरुलाई अनुसन्धानात्मक शोधग्रन्थ लेखन कार्यका लागि सहयोग गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठकको समुपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र त्रि.वि.अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा.शिवराज अधिकारीले हस्ताक्षर गरे।

समारोहमा बैंक सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठकले अनुसन्धानबाट आउने प्रतिवेदनले बैंक र देशकै आर्थिक क्षेत्रलाई अगाडि बढाउन मद्धत पुग्ने विश्वास लिएको बताए। बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले गर्ने लगानीका क्षेत्रहरुमा हुने जोखिम तथा सम्भावनाहरुको बारेमा यथार्थपरक ढङ्गबाट अनुसन्धान भई आगामी दिनमा बैंकलाई रणनीतिक ढङ्गबाट अगाडि बढ्न दिशानिर्देश गर्ने बताए । उनले त्रि.वि.अर्थशास्त्र केन्द्रीय विभागसँगको सहकार्यमा यर्थाथपरकरुपमा लेख्न प्रेरित गर्न आर्थिक हिसाबले आवश्यक तथा जेहेन्दार विद्यार्थीहरुलाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो सुविधा प्रदान गर्ने बताए ।

त्रि.वि.अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा.शिवराज अधिकारीले विभागले विभिन्न वित्तीय क्षेत्रसँग यस्तो सम्झौता गरिरेहकाले प्राप्त हुने अनुसन्धनात्मक प्रतिवेदनले देशको अर्थतन्त्रमा योगदान पुग्ने बताए । उनले त्रि.वि.अर्थशास्त्र केन्द्रीय विभागले माग गरि प्राप्त प्रस्ताबमध्ये उत्कृष्ट पाँच प्रस्ताबलाई छनौट गरि बैंकसँगको सहकार्यमा अनुसन्धान क्षेत्र तोकी शोधग्रन्थ तयार गर्ने विद्यार्थीहरुलाई सहयोग रकम उपलब्ध गराइने बताए।

बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले पाँच जना विद्यार्थीहरुलाई ४० हजार रुपैंयाँदेखि बढीमा एकलाख रुपैंयाँसम्म रकम उपलब्ध गराउने बताए। उक्त समारोहमा त्रि.वि.अर्थशास्त्र केन्द्रीय विभागका प्रा.ताराप्रसाद भुषाल, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीे, उपकार्यकारी अधिकृत विमल डंगोल, विभागीय प्रमुख सरोज वस्नेत, कम्पनी सचिव भोलानाथ पौडेल लगायत कर्मचारीको उपस्थिती थियो।

बैंकले देशभर २५८ वटा शाखा कार्यालय, २४५ वटा ए.टि.एम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिङ्ग सेवासहित आधुनिक डिजिटल बैंकिङ्गको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सानिमा बैंक अत्तरीयाको सहयोगमा आखाँ शिविर सम्पन्न

कैलाली -सानिमा बैंकको अत्तरिया शाखाको सहयोगमा आखाँ शिविर सम्पन्न भएको छ । गेटा आखाँ अस्पतालको …

प्रतिकृया दिनुहॊस