आइतबार (आज) नेप्से सामान्य अंकले घटेको छ। गत साताको अन्तिम दिन बिहीबार ५८ दशमलव ९९ अंकले घटेर बन्द भएको बजार आइतबार ७ दशमलव ७३ अंकले घटेर २ हजार ६५३ दशमलव ७० बिन्दुमा झरेको छ।
आइतबार २ हजार २९४ वटा धितोपत्रको ७० लाख ४० हजार ५६३ कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट ३ अर्ब २७ करोड ३० लाख ६५ हजार ९१० रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।
आइतबार १३ वटै समूहमध्ये २ वटा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।
कारोबार रकमको आधारमा युनिभर्सल पावर कम्पनीको २० करोड ४४ लाख २४ हजार १४१ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो।
तपाईंको प्रतिकृया




