दक्षिण कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कोरियन नागरिक पक्राउ परेका छन्। कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा चावहिल बस्ने दक्षिण कोरियाका ७३ वर्षीय रे सि जङलाई महांकालबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
एम८५५६६२२७ राहदानी नम्बरबाहक उनले चावहिलस्थित ओके कन्सल्टेन्सीको सञ्चालक हुँ भन्दै ठगी गरेको प्रहरीको भनाइ छ।
वेल्डिङ ट्रेनिङ गराई दक्षिण कोरियामा रोजगारमा पठाइदिने भन्दै पीडितबाट रकम लिएको र कोरिया नपठाएको आरोपमा उनीविरुद्ध उजुरी परेपछि पक्राउ गरेको प्रहरीको भनाइ छ।
उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको टाेलीले पक्राउ गरेको हो।
तपाईंको प्रतिकृया




