सवारी चालक अनुमतिपत्रकाे अनलाइन आवेदन बन्द

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि अनलाइन आवेदन प्रणाली बन्द गरेको छ। ०७८ चैत १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मको लागि सो प्रणाली बन्द रहने जानकारी सूचनामार्फत गराइएको छ।

विभागले हालसम्म परेका आवेदनहरुको कारवाही यथाशक्य चाँडो टुंग्याउनु पर्ने भएकाले सो प्रणाली बन्द गरिएको जनाएको छ।

हाल धेरै संख्यामा सवारी चालक अनुमति पत्र वितरण गर्नु पर्ने भए तापनि स्मार्ट लाइसेन्सको छपाईमा भएको ढिलाई र विभिन्न कारणले समयमै लाइसेन्स पाउन सकिएको छैन।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौँ । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान …

प्रतिकृया दिनुहॊस