नेपालीहरूकाे रमाइलाे पर्व हाेली बिहीवार पहाडी र हिमाली जिल्लामा मनाइयाे। आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व धुमधामसँग मनाइँदैछ।
तराईमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ।
पहाडी तथा हिमाली जिल्लाहरुमा होली मनाइएको भोलिपल्ट तराइमा होली पर्व मनाउने गरिन्छ। वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकआपसमा खुशीयाली प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रङ्ग दलेर मनाउने गरिन्छ ।
यसैक्रममा राजधानी काठमाडाैंकाे टंगाल स्थित डेट्स द रेष्टाेमा हाेली कार्यक्रमकाे आयाेजना गरिएकाे छ। उपस्थितहरूले एकापसमा रंग दलेर रमाइलाे गर्दै हाेली मनाएका थिए।
प्रतिकृया दिनुहॊस