५ सय रुपैयाँले बढ्याे सुनको मूल्य

बिहीबार सुनकाे भाउ तोलामा ५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन ९९ हजार ५ सयमा काराेबार भइरहेकाे हाे ।

मंगलबार छापावाल सुनको भाउ तोलाको १ लाख ५ सयमा काराेबार भएकाेमा बुधबार ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियाे।

बिहीबार तेजावी सुनको भाउ तोलाको ९९ हजार ३०० तोकिएको छ।

चाँदीको भाउ पनि प्रतितोलामा २० रुपैयाँले बढेको छ। बुधबार चाँदीकाे मूल्य १ हजार ३७० कायम भएकाेमा बिहीबार १ हजार ३९० मा काराेबार भइरहेकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री