News desk

सुपथ मूल्य पसलमा चिनी प्रतिकेजी १० रूपैयाँ सस्तो

काठमाडाैं । सरकारले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा चिनी प्रतिकेजी १० रूपैयाँ सस्तो पर्ने भएको छ । हाल बजारमा चिनी खुद्रा मूल्य प्रतिकेजी ८० रूपैयाँसम्म पर्ने गरेको छ । सुपथ पसलमा सर्वसाधारणले ७० रूपैयाँमा नै चिनी पाउने छन् । चिनी उद्योग सङ्घका अध्यक्ष शशिकान्त अग्रवालले चिनी सुपथ मूल्य पसललाई प्रतिकेजी ५७ रूपैयाँले दिएको बताए । त्यसमा १३ प्रतिशत भ्याट (मूल्य अभिवृद्धि कर) सहित प्रतिकेजी ६५ रूपैयाँ पर्नेछ । त्यसमा ढुवानी …

पुरा पढ्नुहॊस »

भारतले चुम्यो सातौँ पटक एसिया कपको उपाधि

काठमाडाैं । शुक्रबार दुबईमा भएको एसिया कपको फाइनलमा बंगलादेशविरुद्ध भारतले ३ विकेटले रोमाञ्चक जित हात पारेको छ ।  बंगलादेशले दिएको २२३ रनको विजयी लक्ष्य भारतले अन्तिम ओभरको अन्तिम बलमा सात विकेटको क्षतिमा भेट्टाएको हो । एक दिवसीय क्रिकेटको उपाधिका लागि अन्तिम बलमा जित हात पारेको यो दोस्रो पटक हो । एसिया कप २०१८ को उपाधि उचाल्दै भारत ७ पटक एसिया कपको च्याम्पियन बन्न् सफल भएको छ । फाइनलमा शतक प्रहार …

पुरा पढ्नुहॊस »

फ्रेन्ड्स क्लबको मुख्य प्रायोजक इन्भेष्टमेन्ट बैंक

काठमाडौं । फ्रेन्ड्स क्लबलाई ‘ए’ डिभिजन लिग अवधिभरका लागि नेपाल इन्भेष्टमेन्ट बैंकले मुख्य प्रायोजन गर्ने भएको छ । शनिबारदेखि शुरु हुने ‘ए’ डिभिजन लिगका लागि बैंकसँग क्लबले सो सम्बन्धी सम्झौता गरेको हो । सम्झौताअनुसार बैंकले क्लबलाई लिग अवधिभरका लागि १० लाख उपलब्ध गराउने छ । क्लबले बैंकको लोगो अङ्कित जर्सी लगाउनेछ । क्लबको सह–प्रायोजकको रुपमा पञ्चकन्या ग्रुप रहेको छ । सहमतिअनुसार पञ्चकन्याले सहप्रायोजकबापत क्लबलाई पाँच लाख उपलब्ध गराउने क्लबका अध्यक्ष राजीव पौडेलले …

पुरा पढ्नुहॊस »

मेगाको शाखारहित बैंकिङ सेवा अब पर्वतको कुश्मामा पनि

काठमाडौं । मेगा बैंकले पर्वतको कुश्मामा पनि शाखारहित बैंकिङ सेवा शुरुवात गरेको छ । सेवा विस्तारको क्रममा रहेको बैंकले कुश्मा नगरपालिका वडा नम्बर ९ ज्ञादीस्थित साइकलचोकबाट सेवा शुरुवात गरेको हो । शाखारहित बैंकिङ सेवाको कुश्मा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष कृष्णप्रसाद लामिछाने र मेगा बैंक कुश्मा शाखाका प्रबन्धक उमाकान्त तिवारीले संयुक्त रुपमा उद्घाटन गरे । वडा अध्यक्ष लामिछानले पर्वत जिल्लामै रहेर पनि सुलभ बैकिङ्क सेवा उपयोग गर्नबाट बञ्चित कुश्मा नगरपालिका …

पुरा पढ्नुहॊस »

ढोरपाटन शिकार याम सुरु, अाइपुगे अमेरिका जर्मनी र रसियाका शिकारी

बाग्लुङ । विश्वका साहासिक शिकारीको प्रमुख गन्तव्य ढोरपाटन शिकार आरक्षमा शिकार याम सुरु भएको छ। पहिलो सिजनका लागि १० वटा नाउर र छ वटा झारलको शिकार हुनेछ । शिकारका लागि शिकार कम्पनीहरुले एउटा नाउरको बढीमा १२ लाख पाँच हजार र एउटा झारलको नौ लाख २० हजार रुपियाँ राजस्व विभागलाई बुझाएका छन् । राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागले गरेको टेन्डर प्रक्रियाबाट चार वटा कम्पनीले शिकारी पठाउने जिम्मा पाएकोमा हालसम्म तीन वटा कम्पनीले …

पुरा पढ्नुहॊस »

सुपथ मूल्य पसल आजबाट, कुन खाद्यान्नमा कति छुट ?

काठमाडौं । सरकारले आजदेखि सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । विगत वर्षहरुमा दशैं-तिहारलगायत चाडपर्वलाई लक्षित गरेर यस्ता पसलहरु सञ्चालन गर्दै आएको विभागले यस वर्ष पनि त्यसलाई निरन्तरता दिएकाे हो । सुपथ मूल्य पसल सञ्चालनको नेतृत्व गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपत्यकासहित देशका विभिन्न ४७ स्थानमा यस्ता सुपथ मूल्य पसल सञ्चालन गर्ने जानकारी दिएको छ । आजदेखि खुल्ने सुपथ मूल्य पसल कात्तिक २३ सम्म सञ्चालन गर्ने विभागको तयारी छ …

पुरा पढ्नुहॊस »

अपी नाम्पाले एक वर्षमा उठायो दुई करोड ४४ लाख राजस्व

काठमाडाैं । आर्थिक वर्ष २०७३\०७४ को तुलनामा गत आर्थिक वर्ष २०७४\०७५ मा अपी नाम्पा संरक्षण क्षेत्रले ४० लाख बढी राजस्व संकलन गरेको छ । संरक्षण क्षेत्रले ४० लाख २४ हजार ५०५ रुपैयाँ बढी संकलन गरेको हो । विभिन्न शीर्षकमा गत आर्थिक वर्षमा संरक्षण क्षेत्रले दुई करोड ४४ लाख १४ हजार ९६ रुपैयाँ राजस्व संकलन गरेको छ भने अघिल्लो वर्ष दुई करोड तीन लाख ८९ हजार ५५१ रुपैयाँ राजस्व संकलन गरेको छ । गत …

पुरा पढ्नुहॊस »

पार्टी एकताप्रति माधव नेपाल समूहका तीन असहमति

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश एकतासम्बन्धी सचिवालयको निर्णयबाट अन्तरिम विधान उल्लंघन भएको निष्कर्ष वरिष्ठ नेता माधव नेपाल समूहले निकालेको छ । एकतासम्बन्धी सबै निर्णय सहमतिबाट हुनुपर्ने विधानको व्यवस्था उल्लंघन गर्दै प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोकिएको ठहर यो समूहको छ । सचिवालयले प्रस्ताव तयार पारेर स्थायी समितिमा पेस गर्नुपर्नेमा आफैँ निर्णय गर्नु अवैधानिक भएको नेता योगेश भट्टराईको दाबी छ । ‘सचिवालयको अधिकार प्रस्ताव तयार पारेर स्थायी समितिमा ल्याउने …

पुरा पढ्नुहॊस »

भूकम्प पुनर्निर्माणः दिन्छु भनेर यी देशले दिएनन् सहयोग

काठमाडाैं । २०७२ सालको भूकम्पपछि धेरै देशले पुनर्निर्माणका लागि नेपाललाई सहयोग गर्ने घोषणा गरे पनि साढे ३ वर्षमा न्यून रकममात्र देशले पाएको छ । दाता राष्ट्रहरूले प्रतिबद्धता गरेअनुसार रकम उपलब्ध नगराउँदा पुनर्निर्माण प्रभावित भएको छ । सरकारले २०७२ असारमा गरेको नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा ४ खर्ब १० अर्ब भूकम्पपछिको पुनर्निर्माणमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको प्राधिकरण प्रवक्ता पीताम्बर घिमिरेले जानकारी दिए । उनका अनुसार ती दाता राष्ट्रले घोषणा गरेकोमध्ये …

पुरा पढ्नुहॊस »

दलितसँग विवाह गरेको भन्दै नौ महिनाकी गर्भवती थुनामा

काठमाडाैं । सप्तरीमा दलितसँग विवाह गरेका कारण असन्तुष्ट अभिभावकले नौ महिनाकी गर्भवती बुहारी र छोरालाई थुनाएका छन् । कञ्चनरू-८ रूपानगरका २० वर्षीय मनीष साह र कञ्चनरूप-९ धरमपुरकी १८ वर्षीया कविता रामलाई मनीषका बुवा शिवनारायणले जिल्ला प्रहरी कार्यालयमा थुनाएका हुन् । कविताका बुवा, आमाविरुद्ध दिएको बन्दी प्रत्यक्षीकरण रिट अदालतले खारेज गरेपछि शिवनारायणले उच्च अदालत राजविराज इजलासबाट भदौ २४ गते परमादेश गराई बिहीबार बालविवाहविरुद्ध उजुरी दर्ता गरेर थुनाएका हुन् । राजविराजबाट मनोहर पोखरेलले आजको अन्नपूर्ण …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds