News desk

दसैंमा गाडी अभाव हुने फूलपातिअघि नै घर जान यातायात विभागको आग्रह

काठमाडाैं । यातायात व्यवसायीले गाडी नथप्ने र यातायात व्यवस्था विभागले पनि वैकल्पिक व्यवस्था नमिलाउने भएपछि दसैंमा यात्रामा समस्या हुने भएको छ । विभागले नै दसैंमा गाडी अभाव हने संकेत गरेको हो । विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले फूलापतिपछि बढ्ने यात्रुको चाप थेग्न समस्या पर्ने बताएका छन् । याे खबर अाजकाे नयाँ पत्रिकाले छापेकाे छ । उनले फूलपाति कुर्दा टिकट पाउन समस्या हुन सक्ने हुँदा मिलेसम्म फूलपातिअघि नै घर जान यात्रुलाई आग्रह …

पुरा पढ्नुहॊस »

द्वन्द्वपीडित निराशः बजेटजति प्रशासनिक खर्चमा

काठमाडाैं । द्वन्द्वपीडितले संक्रमणकालीन न्यायका लागि स्थापना भएका सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको पुनर्गठनको माग गरेका छन् । ०७१ साल माघमा गठन भएका दुई आयोगको कार्यकाल दुई वर्षको थियो । तेस्रोपल्ट म्याद थपेर दुई वर्षे अवधिको आयोगको अवधि चार वर्ष पुर्याएको छ । थपिएको म्याद पनि माघ २७ देखि समाप्त हुँदैछ। दुवै आयोगले पीडितलाई परिपूरण, क्षतिपूर्ति र पुनःस्थापनमा पठाउन सकेका छैनन् । अन्तिम क्षणमा …

पुरा पढ्नुहॊस »

कता गयो एनजिओले विदेशबाट भित्र्याएको २० अर्ब ?

काठमाडाैं । गैरसरकारी संस्था (एनजीओ) ले एक वर्षमा विदेशबाट २० अर्ब रुपैयाँभन्दा बढी भित्र्याए । त्यत्रो रकम कहाँ गयो, केमा खर्च भयो, राज्य बेखबर छ । नेपालका ७ सय २३ एनजीओलाई २०७४/७५ मा उक्त रकम ल्याउन समाजकल्याण परिषद्ले अनुमति दिएको थियो । तिनको अनुगमन गर्ने काम पनि परिषद्कै हो । तर, ऊ चुपचाप बसेको छ । सागर पण्डितले आजको अन्नपूर्ण पोस्टमा खबर लेखेका छन् । ‘अर्बौं रकम विदेशवाट आइरहेको छ । त्यो …

पुरा पढ्नुहॊस »

कर्णालीमा विषादी प्रयोगशालाका लागि डेढ करोड

वीरेन्द्रनगर । कर्णाली प्रदेशमा विषादी प्रयोगशाला केन्द्र स्थापनाका लागि डेढ करोड रुपैयाँ छुट्याइएको छ । कर्णालीलाई जैविक प्रदेशका रुपमा विकास गर्ने उद्देश्यले प्रदेश सरकारले सुर्खेतको हर्रे र सल्यानको कपुरकोटमा उक्त प्रयोगशाला स्थापनाका लागि १ करोड ५० लाख बजेट छुट्याएको हो । दशैँ लगत्तै प्रयोगशाला स्थापनाको काम सुरु हुने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिए । बाहिरी जिल्लाबाट कर्णाली भित्रिने तरकारीलगायतका वस्तु परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न लागिएको उनले बताए । …

पुरा पढ्नुहॊस »

विश्व बैंकले नेपाललाई १३ अर्बभन्दा बढी ऋण दिने

काठमाडौं । विश्व बैंकले कम खर्चमा निर्माण हुने ४७७ भन्दाबढी पुलका लागि १३ अर्ब ३० करोडभन्दा बढी ऋण सहयोग उपलब्ध गराउने भएको छ । विश्व बैंकको प्रधान कार्यालय वासिङटन डिसीमा भएको बोर्ड बैठकमा नेपाललाई दोस्रो पुल सुधार तथा मर्मतसम्भार परियोजना कार्यान्वयन गर्न उक्त रकम ऋणस्वरुप प्रधान गर्ने निर्णय भएको बैंकले जनाएको छ । ऋणस्वरुप प्राप्त हुने उक्त रकमबाट ८० वटा दुई लेनका नयाँ पुल र ३५ वटा चार लेनका पुलको …

पुरा पढ्नुहॊस »

उपत्यकाबासीलार्इ मेलम्चीको पानी दुई महिनापछि मात्र

काठमाडाैं । काठमाडौं उपत्यकावासीले दुई महिनाको प्रतिक्षापछि मेलम्चीको पानी पिउन पाउने भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मेलम्चीको खानेपानी उपत्यकावासीले लामो प्रतिक्षापछि दुई महिनाभित्र खान पाउने भएका हुन् । मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कँडेलले ६० दिनभित्र उपत्यकामा मेलम्चीको खानेपानी आइपुग्ने बताए । कँडेलका अनुसार करिब २५ हजार ८ सय मिटरमध्ये १५ हजार ३ सय ८७ मिटर सुरुङ (टनेल) निर्माण सम्पन्न भएको छ । त्यसमध्ये १० हजार ५३३ मिटरको अन्तिम चरणको …

पुरा पढ्नुहॊस »

सुनको मूल्य ३ सय घट्यो

काठमाडाैं  । सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन ५८ हजार १ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य  भने स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला ७३० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन पनि ७ सय ३० रुपैयाँमा नै कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

पुरा पढ्नुहॊस »

विधेयक पारित नगरी संसद्को दाेश्रो अधिवेशन आज सकिँदै

काठमाडाैं । संघीय संसद्को दोश्रो अधिवेशन आज सकिँदै छ। प्रतिनिधिसभा एवं राष्ट्रियसभाको वर्से अधिवेशन आज सकिन लागेको हो । संघीय संसद्को अधिवेशन गएको २३ वैशाखदेखि सुरु भएको थियो । संसदिय दलका नेताहरुको समन्वयमा प्रतिनिधिसभा र राष्ट्रियसभा दोस्रो अधिवेशन बिहीबारबाट सक्ने तयारी गरिएको संसद सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार दशैं, तिहार जस्ता चाडपर्वको बेला सांसद्हरु आफ्नो निर्वाचन क्षेत्रमा जाने भएकाले अधिवेशन अन्त्य गर्न लागिएको हो । संघीय संसद्को पहिलो …

पुरा पढ्नुहॊस »

दशैंको मुखमा व्यापारीले बढाए मैदा, आँटा र तेलको मूल्य

काठमाडौं । दशैंको मुखमा व्यापारीले दैनिक उपभोग्य सामानको मूल्य बढाएका छन् ।  पछिल्लो १० दिन यता दैनिक उपभोग्य वस्तुको मूल्य आकासिन थालेको खुद्रा व्यापारीले बताएका छन् । आँटा, मैदा, तेलमा १० देखि १५ रुपैयाँ मूल्य बढेको छ । ४५ रुपैयाँ प्रतिकिलो विक्रि हुँदै आएको मैदा बढेर प्रतिकिलो ५५ रुपैयाँ पुगेको छ । यस्तै आँटा १० रुपैयाँ बढेर प्रतिकिलो ५० रुपैयाँ पुगेको छ । तेलमा पनि व्यापारीले मूल्यवृद्धि गरेका छन् भटमासको …

पुरा पढ्नुहॊस »

सिद्धार्थका ग्राहकलाई हेल्पिङ्ग हेण्ड्समा ५० प्रतिशतसम्म छुट

काठमाडाैं । सिद्धार्थ बैंक र हेल्पिङ्ग हेण्ड्स सामुदायिक अस्पताल, चाबहिलबीच सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका कर्मचारी तथा ग्राहकले स्वास्थ्य सेवामा ५० प्रतिशत सम्म छुट प्राप्त गर्ने छन् । सम्झौतामा बैंकका तर्फबाट प्रमुख पेमेन्ट सलुसन्स सुरेसराज महर्जन र अस्पतालका तर्फबाट अध्यक्ष डा. कृृष्ण प्रसाद अधिकारीले हस्ताक्षर गरे । ग्राहकले विभिन्न किसिमका सेवा सुविधा लिंदा ५० प्रतिशत सम्म छुट र यूएनओ क्रेडिट कार्ड प्रयोगकर्ताले थप २।५ प्रतिशत छुट प्राप्त गर्ने बैंकले जनाएको छ …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds