अपी नाम्पाले एक वर्षमा उठायो दुई करोड ४४ लाख राजस्व

काठमाडाैं । आर्थिक वर्ष २०७३\०७४ को तुलनामा गत आर्थिक वर्ष २०७४\०७५ मा अपी नाम्पा संरक्षण क्षेत्रले ४० लाख बढी राजस्व संकलन गरेको छ । संरक्षण क्षेत्रले ४० लाख २४ हजार ५०५ रुपैयाँ बढी संकलन गरेको हो ।

विभिन्न शीर्षकमा गत आर्थिक वर्षमा संरक्षण क्षेत्रले दुई करोड ४४ लाख १४ हजार ९६ रुपैयाँ राजस्व संकलन गरेको छ भने अघिल्लो वर्ष दुई करोड तीन लाख ८९ हजार ५५१ रुपैयाँ राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष संरक्षण क्षेत्रले वन तथा वन पैदावार बिक्रीबाट दुई करोड ४२ लाख ११ हजार १७१ रुपैयाँ राजस्व संकलन गरेको थियो भने पर्वतारोहण र पदयात्रा स्वीकृति शुल्कबाट एक लाख २२ हजार ३० रुपैयाँ संकलन गरेको थियो ।

त्यसैगरी प्रशासनिक शुल्क र न्यायिक दण्ड, जरिवाना र जफतबाट पनि राजस्व संकलन गरेको सूचना अधिकारी तपिलकुमार विश्वकर्माले जानकारी दिए । संरक्षण क्षेत्रले सबैभन्दा बढी राजस्व वन तथा वन पैदावार बिक्रीबाट गर्ने गर्दछ । वन पैदावारमध्ये सबैभन्दा बढी आय यार्सागुम्बाबाट गरिने संरक्षण क्षेत्रले जानकारी दिएको छ । अघिल्लो आर्थिक वर्षमा यार्सागुम्बा निकासीबाट संरक्षण क्षेत्रले १ करोड ६७ लाख २५ हजार र प्रवेश शुल्कवाफत २९ लाख ७६ हजार राजस्व संकलन गरेको थियो भने गत आर्थिक वर्षमा निकासीबाट १ करोड ९१ लख तथा प्रवेश शुल्कवाफत ४७ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्काइवर्थको दसैं अफरः घरायसी उपकरण खरिदमा एमजीको कमेट ईभी जित्न सकिने

काठमाडौं । स्काइवर्थ होम एप्लायन्सेसले दसैंतिहार विशेष अफर सार्वजनिक गरेको छ । स्काइवर्थको नेपालका लागि …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds