News desk

वीरगञ्जमा म्यानेजरमाथि गोली प्रहार

काठमाडाैं । एक व्यक्तिलाई लक्षित गरी चार राउण्ड गोली प्रहार गरिएको छ । कोठामा सुतिरहेका भारतिय नागरिकमाथि वीरगञ्जमा चार राउण्ड गोली प्रहार भएको छ । पर्साका एसपी रेवती ढकालका अनुसार वीरगञ्ज महानगरपालिका वडानम्बर २ भन्सार रोडमा उक्त घटना भएको हो । उनका अनुसार आफ्नै कोठामा सुतिरहेका मदनप्रसाद साहलाई लक्षित गरी शनिबार बिहान दुई बजेतिर अज्ञात व्यक्तिले गोली प्रहार गरेका हुन् । गोली प्रहार भएपनि उलाई गोली नलागेकाले साह सकुशल रहेको …

पुरा पढ्नुहॊस »

५ करोड फेसबुक एकाउन्ट ह्याक हुन सक्ने खतरा

काठमाडाैं । फेसबुकले एउटा सुरक्षा गल्तीका कारण झण्डै पाँच करोड फेसबुक प्रयोगकर्ताको खाता ह्याक हुन सक्ने खतरा पैदा भएको बताएको छ । कम्पनीले एउटा सूचना सार्वजनिक गर्दै ह्याकरहरुले फेसबुकको प्रविधिमा भएको त्रुटिको फाइदा उठाएको जनाएको छ । फेसबुकमा रहेको ‘भ्यू एज’ फिचरको फाइदा उठाउँदै ह्याकरहरुले फेसबुक प्रयोगकर्ताको खाता ह्याक गर्ने प्रयास गरेका छन् । यो फिचरमा फेसबुक प्रयोगकर्ताले अरु मान्छेले आफ्नो प्रोफाइललगायतका चिजहरु कसरी हेरिरहेका छन् भन्ने जानकारी प्राप्त गर्नेछन् । फेसबुकले मंगलबार …

पुरा पढ्नुहॊस »

खोरुंगा खोला जलविद्युत आयोजनाको ५५ प्रतिशत काम पूरा

तेह्रथुम । तेह्रथुमको खोरुंगा खोलामा निर्माणधीन साढे ७ मेगावाटको माथिल्लो खोरुङ्गा खोला जलविद्युत आयोजनाको ५५ प्रतिशत काम पूरा भएको छ । २०७३ साल माघबाट निर्माण सुरु भएको आयोजनाको आधाभन्दा बढी काम सकिएको हो । आयोजनाको बाँध, पाइप लाइन र विद्युत गृह लगायत सबै संरचनाको काम काम भइरहेको तेह्रथुम पावर कम्पनीका कार्यकारी निर्देशक मोहनकुमार डाँगीले बताए । उनका अनुसार इवाखोला र खोरुङ्गा खोलामा आयोजनाको छुट्टा–छुट्टै बाँध निर्माण भइरहेको छ । आयोजनाको दुईमध्ये इवाखोलाको …

पुरा पढ्नुहॊस »

आमासँग लिभिङ टुगेदर, छोरीमाथि बलात्कार !

काठमाडाैं । तेह्रथुमका २० वर्षीय पाइलोस कुरुम्वाङ लिम्बु ४ वर्ष अघि फोहोरमैला उठाउने रिक्सा चलाउँथे । उनको गुजारा यसै गरी चलेको थियो। ललितपुर धोबीघाटमा ३० वर्षीया मन्थली क (नाम परिवर्तित) ले खानानास्ता खुवाउने सामान्य होटल राखेकी थिइन्। लिम्बु त्यही होटलमा बिहान–बेलुका खाना–खाजा खान्थे । श्रीमान्सँग छुट्टिएर होटल चलाउँदै आएकी मन्थलीको मन पनि कमलो । त्यसरी खान थालेको महिना दिन नबित्दै उनी र होटल साउनीबीच हिकचिम बढ्यो। यो हिमचिम लिभिङ टुगेदरसम्म …

पुरा पढ्नुहॊस »

बलात्कारका मुद्दामा अब ‘फास्टट्रयाक’ सुनुवाइ

काठमाडाैं । काठमाडौं जिल्ला अदालतले बलात्कार तथा जघन्य अपराधको मुद्दा फास्टट्रयाक सुनुवाइबाट सुरु गरेको छ । शुक्रबार बलात्कारका दुईवटा मुद्दा फास्टट्रयाकबाट सुनुवाइ गरिएको छ  । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका अध्यक्ष सूर्यराज दाहालले अब बलात्कार तथा जघन्य अपराधको मुद्दा अदालतमा पेस गर्दा साक्षी पनि सँगै पेस गर्ने र बकपत्र पनि लिइने जानकारी दिए । पीडितलाई तत्काल न्याय दिलाउन तथा दोषीलाई उम्कन नदिन शुक्रबारबाटै छुट्टै इजलास गठन भएर सुनुवाइ सुरु भएको दाहालले …

पुरा पढ्नुहॊस »

यी हुन् नेपालका अब्बल महिला

काठमाडाैं । नेपालमा अहिलेसम्म भएका हरेक राजनीतिक परिवर्तनमा महिलाको योगदान अतुलनीय छ । तर आफ्नो क्षेत्रमा सक्षम र क्षमतावान हुँदाहुँदै पनि धेरैले महिला भएकै कारण पछि पर्नु परेको छ । आजको नयाँ पत्रिका दैनिकमा नुनुता राईले राजनीति, खेलकूद, प्रशासन, सुरक्षा, सिनेमा लगायतका क्षेत्रमा अग्रमोर्चामा रहेका केही महिलाको कथा लेखेकी छन् । विद्यादेवी भण्डारी राष्ट्रपति, पूर्व सभामुख ओनसरी घर्ती, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, प्रदेश ३ की प्रमुख अनुसाधा कोइराला, अनेरास्ववियुकी पहिलो महिला …

पुरा पढ्नुहॊस »

कांग्रेसमा पदाधिकारीको उमेरहद ७० वर्ष बनाउन सुझाव

काठमाडौ । नेविसंघको महाविधवेशनबारे कुनै निर्णयमा नपुगेको कांग्रेस विधान संशोधनको गृहकार्यमा जुटेको छ । सातवटै प्रदेशका विभिन्न १२ स्थानमा मस्यौदामाथि सुझाव लिइँदै छ । यसबीच प्रदेश १ को इलाम र विराटनगरमा भएको कार्यक्रममा सहभागीले कार्यकारी पदका लागि उमेरहद राख्नु सुझाव दिएको समाचार नयाँ पत्रिका दैनिकमा छ । विधान मस्यौदा समितिका सदस्य आनन्दप्रसाद ढुंगानो दिएको जानकारीअनुसार कार्यकारी पदमा ७० वर्षको मापदण्ड लगाउनुपर्ने सुझाव दिएका छन् । ‘पार्टीमा युवाहरुलाई आकर्षित गर्न कार्यकारी …

पुरा पढ्नुहॊस »

एकै दिन साढे पाँच सय कर्मचारीकाे सरुवा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै दिनमा करिब साढे पाँचसय कर्मचारीको सरुवा गरेको छ । बिहीबार एकै दिन प्रदेश र स्थानीय तहमा ती कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ । नागरिक दैनिकमा समाचार छ, यीमध्ये करिब १०० कर्मचारीलाई प्रदेशमा र करिब साढे चार सयलाई स्थानीय तहमा सरुवा गरिएको हो । मन्त्रालयले साबिकको ग्रामीण पूर्वाधार तथा कृषि सडक विभाग(डोलिडार) अन्तर्गत खारेजीमा परेका जिल्ला प्राविधिक कार्यालयका १५० प्राविधिकलाई विभिन्न …

पुरा पढ्नुहॊस »

सम्पत्ति विवरण पेश नगर्ने ११८ राजनीतिक दललाई सात दिने अल्टिमेटम

काठमाडौं । राजनीतिक दलका केन्द्रीय पदाधिकारी र सदस्यले सम्पत्ति विवरण सार्वजनिक नगरेपछि निर्वाचन आयोगले स्पष्टीकरण दिन सात दिनको समयसीमा दिएको छ । निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले सम्पत्ति विवरण सार्वजनिक नगर्ने राजनीतिक दललाई कारवाही किन नर्गे भन्दै शुक्रबार स्पष्टीकरण दिन पत्र काटिएको बताए । प्रमुख एवं राष्ट्रिय दलको मान्यता प्राप्त नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल नेपाल एवं साना दलसहित ११८ …

पुरा पढ्नुहॊस »

बस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, ३२ घाइते

नवललपरासी । पूर्वी नवलपरासीको कावासोती-१६ डण्डामा बस र ट्रक एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ३२ जना घाइते भएका छन् । घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । मृत्यु हुनेमा बस चालक बांके कोहलपुर नगरपालिका-४ का २३ वर्षीय सुरज बिक र बर्दिया वाणगंगा गाउपालिका-२ का २४ वर्षीय लक्ष्मण थारुको रहेका छन् । गम्भीर घाइतेहरुको चितवनको भरतपुरमा उपचार भैरहेको र अन्यको …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds