News desk

राष्ट्रिय परिचयपत्र सुरुमा सिंहदरबारका पाँच हजार कर्मचारीलाई

काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रुपमा भण्डारण गरी सरकारी सेवालाई छिटो छरितो र प्रभावकारी बनाउने उद्देश्यसहित ल्याउन लगिएको राष्ट्रिय परिचयपत्र वितरण कात्तिक १५ गतेदेखि हुने भएको छ। राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका उपसचिव तथा सूचना अधिकारी शिवराज जोशीले सिंहदरबारभित्रका कर्मचारीहरुलाई कात्तिक १५ गतेदेखि राष्ट्रिय परिचयपत्रको वितरण गरिने जानकारी दिए। स्थापनाको आठ वर्षपछि राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले कात्तिकदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गर्न लागेको खबर गाेरखापत्र दैनिकमा छ। …

पुरा पढ्नुहॊस »

दसैंका लागि ४० हजार टिकट बुकिङ, ३० लाखले उपत्यका छाड्ने अनुमान 

काठमाडौं । दसैंका लागि राजधानी छाड्ने क्रम सुरु भएको छ। प्रहरीका अनुसार उपत्यकाबाट स्थलमार्ग हुँदै बाहिरिने संख्या पछिल्लो एक सातामा पाँच लाख ६० हजारभन्दा बढी रहेको छ । नियमित आवागमनको तुलनामा दैनिक बाहिरिनेको संख्या १० देखि १५ हजारले बढी छ । महानगरीय ट्राफिक महाशाखाका सहप्रवक्ता प्रहरी निरीक्षक जितेश दाहालका अनुसार र्साजनिक यातायातमा टिकट बुकिङ भएपछि उपत्यका छोड्नेको संख्या बढेको देखिन्छ । महाशाखाले यसवर्ष चाडपर्व मनाउन २० देखि ३० लाखको हाराहारीमा …

पुरा पढ्नुहॊस »

कर्मचारीको मानोमानी विदेश भ्रमण, १५ मन्त्रालयले विवरण नै सार्वजनिक गरेनन्

काठमाडाैं । सरकारी कर्मचारीको विदेश भ्रमणमा बेथिती भेटिएको छ। भ्रमण क्रममा सरकारले वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिक २०७५ को सिधै उल्लंघन हुने गरेको, विदेश जानेहरुको छनोटमा मनलाग्दी गर्ने गरेको, सम्बन्धित व्यक्ति भन्दा आफूनजिककालाई पठाउने गरेको भेटिएको हो। सरकारले विदेश जाने कर्मचारीको भ्रमणलाई व्यवस्थित बनाउन भन्दै यसै वर्ष मात्र निर्देशिका जारी गरे पनि सम्बन्धित निकायले त्यसको पालना नगरेको भेटिएको हो।  प्रधानमन्त्री कार्यालयले पनि निर्देशिका कार्यान्ययनमा कडाई नगर्दा कागजातमा मात्र सिमित बन्न पुगेको खबर …

पुरा पढ्नुहॊस »

माटोको ढिस्कोले पुर्दा एकै घरका तीन जनाको मृत्यु

काठमाडाैं । दाङमा माटोको ढिस्कोले पुर्दाएकै घरका तीन जनाको मृत्यु भएको छ। राप्ती गाउँपालिका वडा नं. ४ दोलाई खोला निवासी १२ वर्षीया रोजिना चौधरी, ३० वर्षीया श्यामकुमारी चौधरी र ३५ वर्षीया मिना चौधरीको मृत्यु भएको दाङ जिल्ला प्रहरी प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए । डिएसपी घर्तीका अनुसार शनिबार दिउँसो १ बजेतिर दसैँमा घर लिप्ने माटो खन्न गएका उनीहरूलाई माटो खन्दै गर्दा ढिस्कोले पुरेको थियो। तीनै जनाको घटनास्थलमै मृत्यु भएको डिएसपी घर्तीले …

पुरा पढ्नुहॊस »

अठ्ठाइस हजार मेगावाटका लागि सर्वेक्षण लाइसेन्स

काठमाडाैं । सरकारले करिब २८ हजार मेगावाट बराबरको विद्युत् आयोजना सञ्चालनका लागि सर्वेक्षण लाइसेन्स जारी गरिसकेको छ ।  ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुनले त्यसमध्ये १४ हजार मेगावाटका लागि विभिन्न चरणमा काम भइरहेको संसदीय समितिलाई जानकारी दिए। उनले भने, ‘२८ हजार मेगावाट बराबरको निजी क्षेत्रमा सर्वेक्षण लाइसेन्स जारी भइसकेको छ, चार हजार मेगावाट त निर्माणकै चरणमा छ।’ मुलुकका विभिन्न भागमा रहेका २२ वटा विद्युत् आयोजना निर्माणका लागि ग्लोबल आह्वान गरेकामा …

पुरा पढ्नुहॊस »

शेयर बजार : तीन अर्ब बढीको कारोबार

काठमाडाैं । धितोपत्र बजारमा यस साता रु तीन अर्ब ३० करोड ८१ लाख ५६ हजार मूल्य बराबरको शेयर कारोबार भएको छ । कूल १८९ कम्पनीको एक करोड ६७ लाख ७२ हजार २४० कित्ता शेयर खरिद विक्री भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । कारोबार रकम गत साताको भन्दा २६ दशमलव शून्य दुई प्रतिशतले बढी हो। गत साता १८९ कम्पनीको ९० लाख ७० हजार ७७० कित्ता शेयर रु दुई अर्ब ६२ करोड …

पुरा पढ्नुहॊस »

दशैंमा घर जान अग्रिम टिकट घरबाटै कसरी बुकिङ गर्ने?

काठमाडाैं । अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकममा दशैँको अग्रिम टिकट बुकिङ खुलाएको छ । बुकिङ खुला भएसँगै अबदेखि यात्रुहरूले अनलाइनबाटै दशैँको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् । दशैँमा गएका यात्रुहरूले फर्कनका लागि पनि बससेवाबाटै टिकट काट्न सक्नेछन् । बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाईल एप्लिकेशनबाट टिकट बुकिङ गर्न सक्नेछन् । यातायात व्यवसायीसँगको छलफलपछि अनलाइनबाट बुकिङ सुरू …

पुरा पढ्नुहॊस »

राजधानी सारेको विरोधमा धनगढी बन्द

धनगढी । प्रदेशसभाको राजधानी सार्ने निर्णयको विरोधमा शनिबार धनगढी बन्द गरिएको छ । राजधानी सार्ने निर्णयले गोदावरीको जैविकमार्ग र वन क्षेत्र विनास हुने भन्दै नागरिक समाज संघर्ष समितिले धनगढी बन्द गराएको हो । धनगढी बजार पुरै बन्द गरिएको छ । ट्राफिक चोक, सहिद गेट र बोराडाँडीमा बन्दकर्ताले यातायाका साधन चल्न दिएका छैनन् । बिहानै केही सार्वजनिक सवारी साधान चले पनि ९ बजेदेखि ठाउँ–ठाउँमा बन्दकर्ता भेला भएर सवारी रोकिरहेका छन । शुक्रबार अपरान्ह …

पुरा पढ्नुहॊस »

सानिमा बैंकले ल्यायो भिसा कार्डबाट अनलाइन पेमेन्टको सुविधा

काठमाडौं । सानिमा बैंकले भिसा कार्ड अनलाइन पेमेन्ट सेवा सुरु गरेको छ । अब सानिमा बैंकका सबै भिसा डेबिट र क्रेडिट कार्डहरु प्रयोग गरि सुरक्षित अनलाइन कारोबार गर्न सकिने भएकाे हाे । बैंकका अनुसार यो सेवा लिन ग्राहकहरुले बैंकको वेबसाइटमा गएर भिसा कार्डका आवश्यक जानकारी गराइ सुचारु गर्न सक्ने छन् । सेवा लिइसकेपछि ग्राहकहरुले सहज र सुरक्षित तरिकाले होटल बुकिङ, एयरलाइन्स टिकट, शपिङ जस्ता सुबिधाहरु इन्टरनेटका माध्यमबाट लिन सक्नेछन् ।

पुरा पढ्नुहॊस »

चितवनसम्मै पेट्रोलियम र ग्यासको पाइपलाइन ल्याउन भारत सहमत

काठमाडौं । भारतको मोतिहारीदेखि चितवनसम्म ग्यास र  पेट्रोलियम पाइपलाइन विस्तारका लागि नेपाल र भारतका वीचमा सहमति भएको छ । शुक्रबार नेपाल र भारतका वीचमा भएको मन्त्रीस्तरीय छलफलमा  पेट्रोलियम र एलपीजी ग्यासको पाइपलाइन चितवनसम्म विस्तार गर्ने सहमति भएको हो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादब र भारतीय प्राकृतिक ग्यास तथा पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानबीच भएको छलफलमा यो सहमति भएको हो । ग्यास पाइपलाइनका सम्बन्धमा भएको यो पहिलो सहमति हो भने …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds