News desk

पर्यटन मजदुर र व्यवसायीबीच चार बुँदे सहमित

काठमाडाैं । अन्नपूर्ण तथा मनास्लु पदमार्ग क्षेत्रका समस्या समाधान माग गर्दै आन्दोलन घोषणा गरेका पर्यटन मजदुर र सरोकारवालाबीच सहमति भएको छ । आइतबार भएको वार्तामा दुई पक्षबीच चार बुँदे सहमति भएको हो। कास्कीको टाडापानी क्षेत्रमा पर्यटन व्यवस्थापन समिति तथा पर्यटन व्यवसायीले यही असोज १ गतेदेखि पदयात्रामा जाने नेपाली पथप्रर्दशक र मजदुरले प्रवेशद्वारमै दुई दिनदेखि सात दिनसम्मको खानाको अग्रिम पैसा तिरेर कुपन लिनुपर्ने बाध्यकारी व्यवस्था गरेको थियो। यो नियमले आफूहरू मर्कामा …

पुरा पढ्नुहॊस »

विद्युत् आएपछि गाँउले खुशी

इनरुवा । सुनसरी हरिनगर गाउँपालिका-५ का ६० वर्षीय मधुसुदन मण्डलले आफ्नो घरमा विजुली बत्ती बाल्न पाइन्छ भन्ने विश्वास गर्नु भएको थिएन । उहाँलाई अरु गाउँमा विद्युत् बलेको हेर्दा आफ्नो गाउँमा पनि विद्युत् आउँछ भने आशा पनि थिएन तर उहाँको बुढेशकालमा विद्युत् बाल्ने सपना पूरा भएको छ । साविक सुनसरी क्षेत्र नम्बर ५ र अहिलेको सुनसरी क्षेत्र नम्बर ४ रहेको त्यो निर्वाचन क्षेत्रमा तत्कालीन प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइराला, वर्तमान उपप्रधानमन्त्री उपेन्द्र यादव, …

पुरा पढ्नुहॊस »

अबको केही दिनमै नेपालबाट मनसुन विदा हुने

काठमाडाैं । यस वर्षको मनसुन अबको केही दिनमै सकिने जल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन निस्क्रिय हुने क्रममा रहेकाले अबको केही दिनमै नेपालबाट मनसुन विदा हुने महाशाखाका मौसमविद् सुवास रिमालले बताए । अबको दुई-तीन दिनमै मनसुन सकिएको घोषणा गर्ने तयारीमा मौसमविद्हरु जुटेका छन् । ‘भारतको राजस्थानमा गएको शनिबार नै मनसुन निस्क्रिय भएको औपचारिक घोषणा भइसकेको छ,’ मौसमविद् रिमालले भने, ‘त्यसको प्रभाव नेपालको सुदुरपश्चिम क्षेत्रमा देखिन थालेको छ। यो क्रमशः पूर्वतर्फ …

पुरा पढ्नुहॊस »

स्थानीय तहले २ वर्षभित्र तुइन विस्थापन गर्नुपर्ने

काठमाडौं । सरकारले तुइन दुर्घटनाबाट प्रभावित व्यक्तिको उद्धार तथा सहायताका लागि कोष सञ्चालन नियमावली, २०७५ निर्माण गरेको छ । गत भदौ २९ गतेको मन्त्रिपरिषद्को निर्णयबाट स्वीकृत नियमावलीमा सम्बन्धित स्थानीय तहले २ वर्षभित्र तुइन विस्थापन गर्नुपर्ने उल्लेख छ । यस्तै तुइनबाट हुने सम्भावित जोखिमबाट राहत उपलब्ध गराउन कोषको समेत व्यवस्था गरिएको छ । नेपाल सरकारले तुइन विस्थापनलाई उच्च प्राथमिकता प्रदान गरी आवश्यक कार्यक्रम अगाडि बढाइरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका …

पुरा पढ्नुहॊस »

दशैँका लागि हवाइ टिकट ८० प्रतिशत सकियो

काठमाडौँ । दशैँ आउन १४ दिन अगावै वायु सेवा प्रदायक कम्पनीले टिकट बुकिङ सकिएको जनाएका छन् । यसले खासगरी, लामो तथा दूर्गम गन्तब्यमा जाने यात्रुलाई थप समस्या बेहोर्नुपर्ने देखिन्छ । राजधानी काठमाडौँबाट विभिन्न गन्तव्यमा उडान भर्ने वायु सेवाले ७० देखि ७५ प्रतिशत टिकट बुकिङ भइसकेको बताएका छन् । बुद्ध एयर, यती एयर, श्री एयर, सौर्य एयरलगायतले दशैँका लागि टिकट बिक्री गरिसकेको जनाएको छ ।  घटस्थापनासम्म सामान्य अवस्था र फूलपाती अघिसम्म …

पुरा पढ्नुहॊस »

एक खेल अगावै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडाैं । भुटानमा जारी यु–१८ महिला च्याम्पियनसिपमा नेपाल सेमिफाइनल प्रवेश गरेको छ । नेपाल बंगलादेशले पाकिस्तानलाई हराएसँगै एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको हो । नेपाललेपनि यसअघि आफ्नो पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तानमाथि प्रभावसाली जित निकालेको थियो । थिम्पुस्थित चाङलिमिथाङ मैदानमा आइतबार बंगलादेशले पाकिस्तानलाई १७–० ले हराएको हो । बंगलादेश पनि एक खेल अगावै सेमिफाइनलमा पुग्न सफल भयो । नेपालले पाकिस्तानलाई १२–० ले हराएको थियो। दुई खेलमा २९ गोल खाएको पाकिस्तान समूह …

पुरा पढ्नुहॊस »

काठमाडौंको उडानमा भारतलाई चीनले उछिन्यो

काठमाडौं । दुई ठूला छिमेकी मुलुक भारत र चीनको व्यापारदेखि राजीनितिमा प्रभाव र प्रतिस्पर्धा नपरेको क्षेत्र नेपालमा बिरलै भेटिएलान् ।  यस्तै सूचीमा पर्छ ‘एयर कनेक्टीभिटी’ पछिल्लो पछक चीनबाट नेपालका लागि अन्तर्राष्ट्रिय उडान संख्यामा मात्रै होइन काठमाडौंमा सेवा दिने जहाजको प्रकारमा पनि चीनले भारतलाई उछिन्दै गएको खबर कान्तिपुर दैनिकमा छ । शनिबारदेखि चाइना साउदर्नले थालेको वाइडबडी विमानको सेवालाई पछिल्लो उदाहरणका रुपमा लिन सकिन्छ । तीन वर्षअघि चीनको व्यापारिक शहर ग्वानजाव–काठमाडौं–ग्वानजाव  सातामा दुइवटा …

पुरा पढ्नुहॊस »

निर्मला हत्या प्रकरण : किन प्रहरी प्रयोगशालामै गरियो डीएनए परीक्षण ?

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा भन्छन्, प्रमाण लुकाउन प्रहरी नै संलग्न भयो । अनि प्रहरी आरोपीको डीएनए परीक्षण आफ्नै प्रयोगशालामा गर्छ । यसले आशंका थप बढाएको छ। कानुनी भाषामा भनिन्छ, लास पनि बोल्छ । अर्थात् शवमा प्रमाणहरू लुकेका हुन्छन् । तर, प्रमाणहरू प्रहरी संरक्षणमा सुरूदेखि नै एकपछि अर्को गर्दै नष्ट गरिएका छन् । पछिल्लो डीएनए परीक्षण पनि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएन, प्रहरीकै विधि विज्ञान प्रयोगशालामा गरियो । निलम्बित एसपी …

पुरा पढ्नुहॊस »

१६ हजार अश्लिल वेबसाइट बन्द

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले यौनजन्य अश्लिल सामग्री राख्ने १६ हजारभन्दा बढी वेबसाइटलाई बन्द गराएको छ । दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक र समाजिक सञ्जाल सञ्चालकमार्फत प्रकाशन तथा प्रसारण गर्ने त्यस्ता वेबसाइटलाई तुरुन्त रोक्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्राधिकरणलाई निर्देशन दिएको थियो । मन्त्रालयको निर्देशन बमोजिम प्राधिकरणले असोज ८ गतेदेखि नै त्यस्ता वेबसाइट बन्द गर्न सम्बन्धित निकायलाई आग्रह गरेको थियो । प्राधिकरणका अध्यक्ष दिगम्बर झाले हालसम्म त्यस्ता १६ …

पुरा पढ्नुहॊस »

दसैं भत्ताका लागि साढे ६ अर्ब निकासा

काठमाडौं । सरकारी कर्मचारीलाई दसैंमा भत्ता वितरण गर्न करिब साढे छ अर्ब रुपैयाँ निकासा हुने भएको छ । दसैं भत्ताका लागि सरकारी कर्मचारीले नियमित तलब बराबरको एक महिनाको थप तलब पाउनेछन् । महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता जगन्नाथ शर्माले निकासा हुने यो रकम घटस्थापना अगाडि वितरण गरिने जानकारी दिएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ । उनले भने, ‘एक महिनाको तलब बराबरको चाडपर्व खर्च अर्थ मन्त्रालयले निकासा गर्नेछ ।’ अर्थ मन्त्रालयका अनुसार …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds