चितवनसम्मै पेट्रोलियम र ग्यासको पाइपलाइन ल्याउन भारत सहमत

काठमाडौं । भारतको मोतिहारीदेखि चितवनसम्म ग्यास र  पेट्रोलियम पाइपलाइन विस्तारका लागि नेपाल र भारतका वीचमा सहमति भएको छ । शुक्रबार नेपाल र भारतका वीचमा भएको मन्त्रीस्तरीय छलफलमा  पेट्रोलियम र एलपीजी ग्यासको पाइपलाइन चितवनसम्म विस्तार गर्ने सहमति भएको हो ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादब र भारतीय प्राकृतिक ग्यास तथा पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानबीच भएको छलफलमा यो सहमति भएको हो । ग्यास पाइपलाइनका सम्बन्धमा भएको यो पहिलो सहमति हो भने पेट्रोलियम पाइपलाइनका सम्बन्धमा हाल अमलेखगञ्जसम्म निर्माणाधीन पाइपलाइनलाई चितवनसम्म ल्याउने सहमति जुटेको हो ।

अहिले मोतीहारीदेखि अमलेखगंजसम्म करिव ७०  किलोमिटर पेट्रोलियम पाइपलाइनको काम धमाधम भइरहेको छ । आयोजनाका अनुसार ५ महिनामा पाइपलाइन तयार हुनेछ । यही पाइपलाइनलार्इ थप विस्तार गरेर चितवन ल्याउन लागिएको हो ।

खाना पकाउने एलपीजी ग्यासको अर्को पाइपलाइन मोतिहारीदेखि चितवनसम्म विस्तार गरिनेछ । निगमका अनुसार अहिले मुज्जफरपुरसम्म इण्डियन आयल कर्पोरेशनले ग्यासको पाइपलाइन निर्माण भइसकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया कार्याकक्षबाटै पक्राउ

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ परेका छन् । उपत्यका अनुसन्धानका …

प्रतिकृया दिनुहॊस