शेयर बजार : तीन अर्ब बढीको कारोबार

काठमाडाैं । धितोपत्र बजारमा यस साता रु तीन अर्ब ३० करोड ८१ लाख ५६ हजार मूल्य बराबरको शेयर कारोबार भएको छ । कूल १८९ कम्पनीको एक करोड ६७ लाख ७२ हजार २४० कित्ता शेयर खरिद विक्री भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

कारोबार रकम गत साताको भन्दा २६ दशमलव शून्य दुई प्रतिशतले बढी हो। गत साता १८९ कम्पनीको ९० लाख ७० हजार ७७० कित्ता शेयर रु दुई अर्ब ६२ करोड ५० लाख १४ हजार बराबरको शेयर खरीद विक्री भएको थियो ।

यस साता कारोबार रकमका आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको रु २३ करोड ३६ लाख १० हजार बराबरको शेयर कारोबार भएको थियो। त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा क्यापिटल मर्चेन्ट बैंक एन्ड फाइनान्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा छ। सो क्यापिटलको ३० लाख ८५ हजार कित्ता शेयर कारोबार भयो।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो। यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्काइवर्थको दसैं अफरः घरायसी उपकरण खरिदमा एमजीको कमेट ईभी जित्न सकिने

काठमाडौं । स्काइवर्थ होम एप्लायन्सेसले दसैंतिहार विशेष अफर सार्वजनिक गरेको छ । स्काइवर्थको नेपालका लागि …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds