दसैंका लागि ४० हजार टिकट बुकिङ, ३० लाखले उपत्यका छाड्ने अनुमान 

काठमाडौं । दसैंका लागि राजधानी छाड्ने क्रम सुरु भएको छ। प्रहरीका अनुसार उपत्यकाबाट स्थलमार्ग हुँदै बाहिरिने संख्या पछिल्लो एक सातामा पाँच लाख ६० हजारभन्दा बढी रहेको छ । नियमित आवागमनको तुलनामा दैनिक बाहिरिनेको संख्या १० देखि १५ हजारले बढी छ ।

महानगरीय ट्राफिक महाशाखाका सहप्रवक्ता प्रहरी निरीक्षक जितेश दाहालका अनुसार र्साजनिक यातायातमा टिकट बुकिङ भएपछि उपत्यका छोड्नेको संख्या बढेको देखिन्छ । महाशाखाले यसवर्ष चाडपर्व मनाउन २० देखि ३० लाखको हाराहारीमा सर्वसाधरणले उपत्यका छोड्ने अनुमान गरेको समाचार कारोबार दैनिकमा छ ।

महाशाखाका सहप्रवक्ता दाहालका अनुसार दसैंका लागि कलंकी, नयाँ/पुरानो बसपार्क, चाबहिल, कोटेश्वर, गौशालालगायत काउन्टरबाट ४० हजारभन्दा बढी सर्वसाधरणले टिकट बकिङ गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्री सोमबार चीन जाने, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान बेइजिङ …

प्रतिकृया दिनुहॊस