काठमाडौं । सानिमा बैंकले भिसा कार्ड अनलाइन पेमेन्ट सेवा सुरु गरेको छ । अब सानिमा बैंकका सबै भिसा डेबिट र क्रेडिट कार्डहरु प्रयोग गरि सुरक्षित अनलाइन कारोबार गर्न सकिने भएकाे हाे ।
बैंकका अनुसार यो सेवा लिन ग्राहकहरुले बैंकको वेबसाइटमा गएर भिसा कार्डका आवश्यक जानकारी गराइ सुचारु गर्न सक्ने छन् । सेवा लिइसकेपछि ग्राहकहरुले सहज र सुरक्षित तरिकाले होटल बुकिङ, एयरलाइन्स टिकट, शपिङ जस्ता सुबिधाहरु इन्टरनेटका माध्यमबाट लिन सक्नेछन् ।
तपाईंको प्रतिकृया




