एक खेल अगावै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडाैं । भुटानमा जारी यु–१८ महिला च्याम्पियनसिपमा नेपाल सेमिफाइनल प्रवेश गरेको छ । नेपाल बंगलादेशले पाकिस्तानलाई हराएसँगै एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको हो ।

नेपाललेपनि यसअघि आफ्नो पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तानमाथि प्रभावसाली जित निकालेको थियो । थिम्पुस्थित चाङलिमिथाङ मैदानमा आइतबार बंगलादेशले पाकिस्तानलाई १७–० ले हराएको हो । बंगलादेश पनि एक खेल अगावै सेमिफाइनलमा पुग्न सफल भयो ।

नेपालले पाकिस्तानलाई १२–० ले हराएको थियो। दुई खेलमा २९ गोल खाएको पाकिस्तान समूह चरणबाट बाहिरिएको छ । अब नेपालले मंगलबार बंगलादेशसंग खेल्ने छ । उक्त खेलपछि समूह विजेता र उपविजेताको तय हुनेछ । समुह बि मा नेपाल र बंगलादेशको समान ३–३ अंक छ ।  गोल अन्तरमा बंगलादेश अघि रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल ओमानसँग १ विकेटले पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको क्यानडा भ्रमणमा नेपालले दोस्रो हार ब्यहोरेको छ । …

प्रतिकृया दिनुहॊस