एक खेल अगावै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडाैं । भुटानमा जारी यु–१८ महिला च्याम्पियनसिपमा नेपाल सेमिफाइनल प्रवेश गरेको छ । नेपाल बंगलादेशले पाकिस्तानलाई हराएसँगै एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको हो ।

नेपाललेपनि यसअघि आफ्नो पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तानमाथि प्रभावसाली जित निकालेको थियो । थिम्पुस्थित चाङलिमिथाङ मैदानमा आइतबार बंगलादेशले पाकिस्तानलाई १७–० ले हराएको हो । बंगलादेश पनि एक खेल अगावै सेमिफाइनलमा पुग्न सफल भयो ।

नेपालले पाकिस्तानलाई १२–० ले हराएको थियो। दुई खेलमा २९ गोल खाएको पाकिस्तान समूह चरणबाट बाहिरिएको छ । अब नेपालले मंगलबार बंगलादेशसंग खेल्ने छ । उक्त खेलपछि समूह विजेता र उपविजेताको तय हुनेछ । समुह बि मा नेपाल र बंगलादेशको समान ३–३ अंक छ ।  गोल अन्तरमा बंगलादेश अघि रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री