निर्मला हत्या प्रकरण : किन प्रहरी प्रयोगशालामै गरियो डीएनए परीक्षण ?

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा भन्छन्, प्रमाण लुकाउन प्रहरी नै संलग्न भयो । अनि प्रहरी आरोपीको डीएनए परीक्षण आफ्नै प्रयोगशालामा गर्छ । यसले आशंका थप बढाएको छ। कानुनी भाषामा भनिन्छ, लास पनि बोल्छ ।

अर्थात् शवमा प्रमाणहरू लुकेका हुन्छन् । तर, प्रमाणहरू प्रहरी संरक्षणमा सुरूदेखि नै एकपछि अर्को गर्दै नष्ट गरिएका छन् । पछिल्लो डीएनए परीक्षण पनि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएन, प्रहरीकै विधि विज्ञान प्रयोगशालामा गरियो । निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र अर्का स्थानीय आयुष विष्टको डीएनए नतिजा भने नेगेटिभ आएको छ ।

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरी प्रशासनमाथि नै प्रश्न उठेको हो ।  विकसित मुलुकले सही निर्णयमा पुग्न एकभन्दा बढी मान्यताप्राप्त प्रयोगशालामा डीएनए परीक्षण गराउने प्रचलन रहेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ । अधिवक्ता केदार दाहाल निर्मला बलात्कारपछि हत्या घटनामा प्रहरीको प्रयोगशालाभन्दा राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिने उपयुक्त भएको बताउँछन् ।

उनी भन्छन्, ‘वातावरणीय प्रभावले पनि डीएनएको गुण कोल्याप्स हुन्छ। डीएनए संकलनका प्रक्रियामा चाहिने विशेष खालको बक्स छैन भन्ने सुनेको छु। प्रहरी नै मुछिएको घटनामा प्रहरीले स्वतन्त्र ढंगले गहिरोसँग परीक्षण गर्न सक्यो–सकेन भन्ने प्रश्न उठ्छ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस