काठमाडौंको उडानमा भारतलाई चीनले उछिन्यो

काठमाडौं । दुई ठूला छिमेकी मुलुक भारत र चीनको व्यापारदेखि राजीनितिमा प्रभाव र प्रतिस्पर्धा नपरेको क्षेत्र नेपालमा बिरलै भेटिएलान् ।  यस्तै सूचीमा पर्छ ‘एयर कनेक्टीभिटी’ पछिल्लो पछक चीनबाट नेपालका लागि अन्तर्राष्ट्रिय उडान संख्यामा मात्रै होइन काठमाडौंमा सेवा दिने जहाजको प्रकारमा पनि चीनले भारतलाई उछिन्दै गएको खबर कान्तिपुर दैनिकमा छ ।

शनिबारदेखि चाइना साउदर्नले थालेको वाइडबडी विमानको सेवालाई पछिल्लो उदाहरणका रुपमा लिन सकिन्छ । तीन वर्षअघि चीनको व्यापारिक शहर ग्वानजाव–काठमाडौं–ग्वानजाव  सातामा दुइवटा मात्रै उडान गर्दै आएकोमा यो एयरलाइन्सले हाल सातामा नियमित १४ वटा व्यवसायिक उडान गर्दै आएको छ ।

विदेशी वायुसेवाहरुको छाता संगठन एरलाइन अपरेटर्स कमिटी नेपाल (एओसीएन)का अनुसार योसहित चीनबाट काठमाडौंका लागि वाइडवडी विमान उडाउने एयरलाइन्सको संख्या दुई पुगेको छ ।  एओसीएनका अध्यक्ष सान्तनु सेन गुप्ताका अनुसार आधा दर्जन चिनियाँ शहरबाछ नेपालमा आउने ६ वटा एरलाइन्स पुगेका छन् । यो भारतबाट काठमाडौं उडान गर्ने एयरलाईको भन्दा दोब्बर हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस