News desk

रिमाले प्रेममा धोका पाएपछि (भिडियो)

काठमाडाैँ । गायक मिलन अमात्यको स्वर रहेको ‘तिम्रो त्यो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। हाइकुमार राईको शब्द र निरोज लामाको संगीत रहेको गीतमा प्रेममा धोका पाएपछिको पीडिालाई प्रस्तुत गरिएको छ। सोनम पोखरेलद्वारा निर्देशित गीतको भिडियोमा रिमा विश्वकर्मा, जीवन भट्टराई र जोर्डनराज भण्डाीलाई प्रस्तुत गरिएको छ। चन्दा सिंहको एरेन्ज रहेको गीतको म्युजिक भिडियोको छायांकन उत्सव दाहालले गरेका छन् भने सम्पादन सुशील न्यौपानेको रहेको छ।  

पुरा पढ्नुहॊस »

भन्सारमै रोकियो ६७ लाखको चिनी

बाँके । भारतबाट आयात गरिएको एक लाख ४४ हजार किलो चिनी चार महीनादेखि नेपालगञ्ज भन्सारमा थन्किएको छ। सरकारले भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएकाले उक्त परिणामको चिनी भन्सारमै थन्किएको हो। गत भदौ ३१ मा मन्त्रिपरिषद् बैठकले भारतबाट चिनी आयात नगर्ने निर्णय गरेपछि साविकका मध्य र सुदूरपश्चिमका लागि दशैँ र तिहारलाई लक्षित गरी रु ६७ लाख २० हजार (भारु ४२ लाख ) को चिनी ल्याइएको थियो। सरकारले भारतबाट आएको चिनी आयात नगर्ने …

पुरा पढ्नुहॊस »

संसदीय सुनुवाई समितिको बैठक बस्दै

काठमाडौँ । सर्वोच्च अदालतको प्रधान न्यायाधीशका लागि प्रस्तावित भएका चोलेन्द्र शम्शेर जबराविरुद्ध परेका उजुरीबारे संसदीय सुनुवाई विशेष समितिले बिहीबार जानकारी गराउँदैछ । संसदीय सुनुवाई समितिमा प्रस्तावित न्यायाधीशको सुनुवाईका लागि समितिले केही उजुरी भए दिन बुधबारसम्मको समय तोकेको थियो । यो अवधिमा परेका उजुरीबारे जानकारी दिन बिहीबार बिहान ११ बजेका लागि बैठक बोलाइएको समितिका सदस्य जितेन्द्र देवले जानकारी दिएका छन् । समितिमा न्यायाधीश जबराविरुद्ध ११ वटा उजुरी परेको छ । जबरालाई …

पुरा पढ्नुहॊस »

अर्गानिक तरकारी उत्पादनमा नेपालसँग सहकार्य गर्ने कतारको प्रस्ताव

काठमाडाैँ । कतारले नेपालसँग हरियो तरकारी र ताजा माछामासु उत्पादनमा सहकार्य गर्ने प्रस्ताव गरेको छ। नेपालमा प्रांगारिक तरकारी र माछामासु उत्पादन गरेर त्यसको बजार कतारलाई बनाउन सकिने बारे नेपाल सरकारसँग कतारले प्रस्ताव गरेको हो। नेपालमा उत्पादनको प्रसस्त सम्भावना देखेर कतारले नेपालसँग पशुपक्षी पालन र तरकारी उत्पादनका क्षेत्रमा सहकार्य गर्न तयार रहेको कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव युवकध्वज जिसीले जानकारी दिए। लगानी र प्रविधिमा कतारले नेपालमा सहयोग गर्ने र त्यसबाट उत्पादित …

पुरा पढ्नुहॊस »

घोराही सिमेन्टको निर्माणाधीन भवनमा आगलागी

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ३ स्थित घोराही सिमेन्ट कारखानाको नयाँ निर्माणाधिन भवनमा आगलागी भएको छ । ३५ मिटरमाथि विद्युतको तार सर्ट हुँदा आगलागी भएको अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी टोलिले आगो नियन्त्रणमा लिएको हो । क्षतिको विवरण आइसकेको छैन ।

पुरा पढ्नुहॊस »

यी हुन् जाडोमा उपयोगी पाँच तरकारी

काठमाडाैँ । जाडोयाममा चिसोबाट बच्न प्रशस्त मात्रामा न्यानो कपडा लगाउनुपर्छ। झोल खानेकुरा खानुपर्छ। घाम ताप्नुपर्छ। तर, जाडो छल्नलाई तरकारी छनौटमा पनि उत्तिकै ध्यान दिनुपर्छ भन्ने धेरैलाई थाहा नहुनसक्छ। यी हुन् जाडोमा उपयोगी पाँच तरकारी रायोः हिउँदमा सजिलै उपलव्ध हुने स्वादिष्ट तरकारी हो रायो। रायोको सागमा पाइने भिटामिन एले चिसोयाममा वढी देखिने बाथ, कफजस्ता रोग नियन्त्रण गर्छ। नियमित खाँदा रुघाखोकी पनि लाग्दैन। गोलभेँडाः स्वादमा मात्र नभई गोलभेँडा स्वास्थ्यका लागिसमेत उत्तिकै प्रभावकारी तरकारी हो। …

पुरा पढ्नुहॊस »

मेचीनगर २५० प्रजातिका चराको बासस्थान

झापा । झापाको मेचीनगरमा २५० प्रजातिका चराको बासस्थान छ। यहाँ विश्वमै दुर्लभ मानिने राजधनेश, धनेश, जुरे रुप्पीलगायत विभिन्न प्रकारका चरा रहेका विगत तीन वर्षदेखि चराको अध्ययन गरिरहेका मेचीनगर–६ काँकडभिट्टाका देवेन्द्र खरेलले बताए। धेरै चरा पाइने देशको सूचीमा नेपाल २२औँ स्थानमा पर्छ। नेपालमा ९०० प्रकारका चरा पाइन्छन्। जसमध्ये २५० प्रकारका चरा झापाको मेचीनगरमै पाइने खरेलले बताए। चरा विशेषज्ञ खरेलका अनुसार मेचीनगर–३ मा रहेको बहुवन सामुदायिक वन र बेँसीबजार क्षेत्र चराको राजधानी …

पुरा पढ्नुहॊस »

धरहरा पुनर्निर्माणको शिलान्यास आजः भित्री संरचना २२ तला

काठमाडाैँ । १२ वैशाख २०७२ मा भत्किएको धरहरा पुनर्निर्माणको बिहीबार (आज) औपचारिक शिलान्यास हुँदैछ। पुनर्निर्माणको काम महिना दिनअघि देखि नै सुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज पुनर्निर्माणको औपचारिक शिलान्यास गर्दैछन्। बिहान ११ बजे प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्री कार्यालय श्राेतले जनाएको छ। प्रधानमन्त्री ओलीले आफ्नाे अघिल्लो कार्यकालमा (फागुन ४ २०७२ मा) ‘म बनाउँछु मेरो धरहरा’ अभियानअन्तर्गत आफ्नो एक महिनाको तलब धरहरा पुनर्निर्माणका लागि उपलब्ध गराएका थिए। …

पुरा पढ्नुहॊस »

तीन राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले तीनजना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको परराष्ट्र स्रोतले जानकारी दिएको छ । गएको सोमाबार बसेको मन्त्रीपरिषद बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेका बेला नियुक्त भएका तीन देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । मन्त्रीपरिषद बैठकले राजदूतहरु अर्जुनजंगबहादुर सिंह, भरतबहादुर रायमाझी र डा. चोपलाल भुसाललाई फिर्ता बोलाउने निर्णय गरेको परराष्ट्र स्रोतले जानकारी दिएको हो । तत्कालीन देउवा सरकारले सिंहलाई दक्षिण कोरिया, रायमाझीलाई स्पेन तथा भुसाललाई …

पुरा पढ्नुहॊस »

मालारानी गाउँपालिकाका वडाध्यक्ष ११ दिनदेखि सम्पर्कविहीन

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष विष्णुप्रसाद भुसाल (विनोद) ११ दिनदेखि सम्पर्कविहीन भएका छन । पुस २ गते मालारानी २ डाडाकटेरीस्थित घरबाट वडा कार्यालयको मोटरसाईकल सर्भिसिंग गर्न भन्दै सन्धिखर्क आएका भुसाल मोटरसाइकल ग्यारेजमै छाडेर सम्पर्क विहिन भएका हुन । गोरुसिंगेसम्म बस चढेर गएको तर गोरुसिंगेबाट कहाँ गए भन्ने बारेमा थाहा हुन नसकेको र खोजीकार्य भैरहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए …

पुरा पढ्नुहॊस »