तीन राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले तीनजना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको परराष्ट्र स्रोतले जानकारी दिएको छ ।

गएको सोमाबार बसेको मन्त्रीपरिषद बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेका बेला नियुक्त भएका तीन देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

मन्त्रीपरिषद बैठकले राजदूतहरु अर्जुनजंगबहादुर सिंह, भरतबहादुर रायमाझी र डा. चोपलाल भुसाललाई फिर्ता बोलाउने निर्णय गरेको परराष्ट्र स्रोतले जानकारी दिएको हो ।

तत्कालीन देउवा सरकारले सिंहलाई दक्षिण कोरिया, रायमाझीलाई स्पेन तथा भुसाललाई बंगलादेशका लागि राजदूत नियुक्त गरेको थियो ।

तीन राजदूतलाई स्वदेश फिर्तीका लागि बढीमा तीन हप्ताको समय दिइएको परराष्ट्र स्रोतले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछानेको तेस्रो दिनको बयान सुरु

काठमाडाैं । सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पोखराबाट रूपन्देहीको भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) …

प्रतिकृया दिनुहॊस